युरो २०२० : चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१९
  • |
  • 1580 पटक हेरिएको

युरो २०२० अन्तर्गत क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा डेनमार्कले इंग्ल्याण्ड र युक्रेनबीचको विजेतासँग खेल्ने छ । 

चेक रिपब्लिकविरुद्ध शुरुदेखिनै दबावमा राखेको डेनमार्कले पाँचौं मिनेटमा अग्रता लिएको थियो ।

Image

पाँचौं मिनेटमा थोमस डिलेनीले गोल गर्दै अग्रता दिलाएका थिए ।

जेन्स लार्सनको कर्नर प्रहारलाई डिलेनीले गोलमा परिणत गरेका थिए ।

एक गोलले अग्रता लिएपछि लगातार आक्रमण बनाएको डेनमार्कले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

कास्पर डोलबर्गले गोल गरेपछि पहिलो हाफमा डेनमार्कले २–० को अग्रता लिएको थियो । 

दोस्रो हाफमा भने चेक रिपब्लिकले सुधारिएको प्रदर्शन गरेको थियो ।

४९ औं मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

Image

त्यसपछि पनि चेक रिपब्लिक र डेनमार्कले लगातार पोस्ट चार्ज गरे पनि गोल भने निस्कन सकेन ।

डेनमार्कविरुद्ध गोल गरेका शिक जारी युरोमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानका क्रिष्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् ।

दुवै खेलाडीले जारी युरोमा पाँच पाँच गोल गरेका छन् । 

Image

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey