ओलम्पिकमा गोपीचन्द्र पार्की प्रकरण : खेलाडी संघले भन्यो यो अन्याय भयो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१८
  • |
  • 2003 पटक हेरिएको

हाइलाइट्स

  • एनओसी, राखेप र एथ्लेटिक्स संघ खेलाडीका लागि काम गर्छन् भन्नेर विश्वास कसरी गर्ने ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्कीमाथि अन्याय भएको जनाएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलाडीको मनोभावनामा खेल्न काम भएको भन्दै यसको सत्य तथ्य छानविन गर्न पनि माग गरिएको छ ।

टोकियो ओलम्पिकका लागि गोपी नेपालगञ्ज म्याराथनबाट छनोट भएका थिए । ओलम्पिकका लागि लामोसमयदेखि तयारी गर्दै आएका गोपीलाई एकाएक यो इेभन्टमा नेपालले नखेल्ने भन्दै  उनको नाम कटाइएको थियो ।

नेपालले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने भएकाले एकाएक सरस्वती चौधरीलाई पठाइन लागिएको छ ।  नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथ्लेटिक्स संघको भूमिका प्रति पनि खेलाडी संघले प्रश्न उठाएको छ ।

अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत बर्ष मंसिरमा आयोजना भएको नेपालगञ्ज म्याराथनलाई टोकियो ओलम्पिकको आन्तिरिक छनोटको रुपमा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मान्यता दिएको थियो । नेपाल १३ औं सागका स्वर्ण पदक विजेता एपिएफका धावक गोपीचन्द्र पार्की त्यो म्याराथनमा विजयी हुँदै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए । 

अहिले ओलम्पिक शुरु हुन ३ साता भन्दा कम समय बाँकी रहँदा विहीबार मात्रै एनओसी, राखेप र नेपाल एथ्लेटिस संघका जिम्मेवार पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै गोपी चन्द्र पार्कीले  सहभागी हुन नपाउने जानकारी गराउँदा एउटा खेलाडी कस्ता अवस्थाबाट गुज्रिनु परेको होला भन्ने हामी खेलाडीहरुकले महसुस गर्न सक्छौं ।

एक्कासी खबर आयो पत्याउनै गाह्रो भयो : सरस्वती चौधरी 

८ महिना भन्दा लामो समयदेखि तयारी गर्दा गर्दै अन्त्यमा ओलम्पियन बन्ने सपना चकनाचुर हुँदा गोपीचन्द्र पार्की प्रति भएको अन्याय र अपमानले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ मर्माहित भएको छ । खेलाडीले गरेको मेहनत र बगाएको पसिनाको अबमुल्इन भएको हामीले महसुस गरेका छौं । यसको खेलाडी संघले भत्सना गदर्छ । 

यो वा त्यो बहानामा अहिले खेलाडीलाइ सहभागिताबाट बञ्चित गरिनु यो प्राविधिक कमजोरी थियो वा सम्बन्धित निकायको त्रुटी त्यो विषयमा सत्यतथ्य जान्ने हक सम्बिन्धत खेलाडी र सबै नेपालीलाई छ ।

ओलम्पिकमा राजनीतिः गोपीको नाम कटाएर सरस्वतीलाई पठाइयो 

त्यसमा एनओसी, राखेप र संघलाई प्रष्ट पार्न संघ माग गर्दछ । कुनै व्यक्ति वा सम्बन्धित निकायको कमजोरीका कारण पार्कीको सहभागिता हुन नसकेको हो भने त्यस्तामाथि कारबाही हुन जरुरी छ ।

यसको  सत्यतथ्य छानविन गरि सार्वजनिक गर्न  संघ जोडदार माग गर्दछ , साथै निज खेलाडीले जस्तै अन्य खेलाडीले यस प्रकारको नियति भोग्नु नपरोस । अन्तर्राष्ट्रिय प्रतियोगिताका सहभातिका दौरान पटक पटक खेलाडीमाथि अन्याया भएका दृष्टान्त हाम्रा सामू छन् । यसलाई कुनै पनि अवस्थामा स्वभाविक मान्न सकिन्न । खेलाडीकै हक र अधिकारका लागि लड्न नसक्ने निकायहरुलाई कसरी खेलकुदको अभिभावक संस्थाका रुपमा मान्ने भन्ने गम्भीर प्रश्न फेरि एक पटक खडा भएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey