ओलम्पिकमा राजनीतिः गोपीको नाम कटाएर सरस्वतीलाई पठाइयो 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१७
  • |
  • 1440 पटक हेरिएको

नेपालका धावक गोपिचन्द्र पार्कीले टोकियो ओलम्पिकका सहभागिता जनाउन नपाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीले आज एक विज्ञप्ति निकाल्दै नेपालले एथ्लेटिक्समा नभई १०० मिटर महिला दौडमा सरस्वती चौधरीले ओलम्पिक खेल्ने जनाएको छ ।

ओलम्पिक छनोट अन्तर्गत गत बर्ष नेपालगञ्ज म्याराथनमा गोपी विजयी हुँदै टोकियोको टिकट पक्का गरेका थिए ।  खेलाडीहरुलाई बुधबारदेखि सोल्टी होटेलमा राख्दा गोपीको नाम थिएन । यस विषयमा गोपीले नै आफ्ने  ओलम्पिक खेलने सपना साकार हुन नसकेको बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै पहल गर्दा गर्दै गोपीलाई सहभागि गराउन नसकिएको लाचारी पन देखाउँदै महिला १०० मिटर दौडमा सरस्वती चौधरीलाई पठाइएको जनाइएको छ ।

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey