जाडन सान्चो म्यानचेस्टर युनाइटेड जाने

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१७
  • |
  • 1223 पटक हेरिएको

जाडन सान्चो म्यानचेस्टर युनाइटेड आउने भएका छन् ।

युनाइटेडले बोरुसिया डर्टमन्डबाट ल्याउँदा ७३ मिलियन पाउण्ड स्टर्लिङ तिर्न सहमत भएको जनाइएको छ ।

२१ वर्षिय सान्चोसँग सबै प्रक्रिया पुरा गरेपछि कम्तिमा ५ वर्षका लागि सम्झौता गर्ने तयारी गरिएको छ ।

अहिले इंग्ल्याण्डबाट युरो खेलि रहेका सान्चो म्यानचेस्टर आउँदा सर्वाधिक महँगो इंग्लिस खेलाडीको दोस्रो स्थानमा रहने छन् ।

यो सूचीको शीर्ष स्थानमा हेरी मगाएर रहेका छन् ।

उनी सन् २०१९ मा लेस्टरबाट युनाइटेड आउँदा क्लबले ८० मिलियन स्टर्लिङ पाउण्ड तिरेको थियो ।

सान्चोले २०१७ मा म्यानचेस्टर सिटी छाडेर डर्टमन्ड गएका थिए । 

सान्चोले इंग्ल्याण्डबाट अहिलेसम्म २० क्याप जितिसकेका छन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey