कोपा अमेरिका : उरुग्वे विजयी, समूह एबाट क्वाटरफाइनल पुग्ने टिमको टुंगो लाग्यो

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-११
  • |
  • 1796 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा समूह एमा रहेका उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै समूह चरणको एक खेल बाँकी छदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

उरुग्वे चार अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ भने बोलिभियाले अब अन्तिम खेल खेल्न बाँकी रहँदासम्म पनि एक अंक पनि जोडेको छैन ।

उ प्रतियोगितबाट बाहिरिसकेको छ । योसँगै समूह एबाट क्वाटरफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ । जसमा अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे रहेका छन् ।

ब्राजिलको पान्तानल एरिनामा आज विहान सकिएको खेलमा कार्लोस ल्याम्पेले गरेको आत्मघाती गोलसँगै उरुग्वेले अग्रता लिएको थियो ।

४० औं मिनेटमा लायाम्पेले बल किलियर गर्दा आफ्नै पोस्टमा प्रहार गरको थिए ।

Image

पहिलो हाफमा उपहार गोलमार्फत अग्रता लिएको उरुग्वेका लागि ७९ औं मिनेटमा इडिन्सन काभानीले ब्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गर्दै जित पक्का गरेका थिए ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey