युरो २०२० काे अन्तिम १६ मा कुन कुन टिम पुगे ?

नक आउट चरणका खेल शनिबारदेखि

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१०
  • |
  • 1252 पटक हेरिएको

युरो २०२० फुटबलमा अन्तिम १६ टिमको टुंगो लागेको छ ।

२४ टिमले समूह चरणमा प्रतिस्पर्धा गरेकोमा आठ टिम प्रतियोगिताबाट बाहिर भएका छन् । 

प्रि क्वाटरफाइनल अन्तर्गतका खेलहरु शनिबारदेखि शुरुहुने छ । 

समूह ए, सी, डी र एफबाट तीन तीन टिमले अन्तिम १६ मा स्थान बनाउँदा बी, र ई टिमबाट दुई  दुई दुई टिमले स्थान पक्का गरे ।

समूह ए बाट इटली समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा वेल्स उप विजेता र स्वीट्जरल्याण्ड उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

यसैगरी समूह बीबाट बेल्जियम र डेनमार्कले मात्रै अन्तिम १६ मा स्थान पक्का गरे ।

समूह सीबाट नेदरल्याण्ड्, अस्ट्रिया र युक्रेनले नकआउट चरणमा पुगेका छन् । 

समूह डीबाट इंग्ल्याण्ड, क्रोएशिया र चेक गणतन्त्र पुग्दा समूह ईबाट स्वीडेन र स्पेनले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।

यसैगरी  फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका छन् । 

नकआउट चरणको खेलमा शनिबार समूह बीको विजेता डेनमार्क र समूह एको उप विजेता वेल्सबीच प्रतिस्पर्धा हुने छ ।  

काे आउट काे इन

समूह  विजेता उपविजेता उत्कृष्ट तेस्राे समूह चरणबाट आउट
इटाली  वेल्स  स्वीट्जरल्याण्ड     टर्की 
बी वेल्जियम  डेनमार्क  ----- फिनल्याण्ड, रसिया
सी नेदरल्याण्डस  अस्ट्रिया  युक्रेन  नर्थ मेसेडाेनिया
डी इंग्ल्याण्ड क्राेएशिया  चेक गणतन्त्र  स्कटल्याण्ड 
स्वीडेन स्पेन  ---- स्लाेभाकिया, पाेल्याण्ड
एफ फ्रान्स  जर्मनी  पाेर्चुगल  हंगेरी 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey