ईपीएलका लागि काठमाडौंले खोल्यो मुख्य प्रशिक्षकको आवेदन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 1202 पटक हेरिएको

नेपालको चर्चित फ्रेन्चाइज एभरेष्ट प्रिमियर लिग ईपीएलका लागि काठमाडौं किंग्स इलाभनेले आन्तरिक तयारी शुरु गरेको छ ।

असोजमा प्रतियोगिता आयोजना गर्ने मिति घोषणा गरिए पछि सबै टिमले जसरी काठमाडौंले पनि तयारी शुरु गरेको हो । गत साता मात्रै टिमको फिजियोमा पुनः सागर पाण्डेलाई  नियुक्त गरेको काठमाडौंले अहिले टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै आईसीसी वा एसीसी लेभल २ उत्तीर्ण वा त्यो भन्दा माथिल्लो स्तरको प्रशिक्षकले दरखास्त दिन सक्ने प्रावधान तोकिएको छ ।

दरखास्त आह्वान गर्ने मिति जुलाई २० तारिखसम्म तोकिएको छ । कोरोनाका कारण गत बर्ष अन्तिमसमयमा स्थगित भएको ईपीएलका लागि काठमाडौंले न्यूजिल्याण्डका कोरि एन्डरसन र आएरल्याण्डका कोभिन ओब्राएनलाई अनुबन्ध गरेको थियो ।

No description available.

प्रतियोगिता स्थगित भएपछि कोही पनि नेपाल आउन पाएनन् । यो बर्षको  ईपीएलमा उनीहरु आउने या नआउने भन्नेबारेमा केही तय भएको छैन । 

यसअघि काठमाडौं किंग्स एलाभेनमा विनोद दास मुख्य प्रशिक्षक रहेका थिए । तर उनी अहिले क्यानको क्रिकेट म्यानेजर भएकाले उनको स्थानमा नयाँ मुख्य प्रशिक्षक खोज्न लागिएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey