विश्वकप विजेता र युरोपेली विजेताकाे ‘महाभिडन्त’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 1714 पटक हेरिएको

हाइलाइट्स

फ्रान्स बुधबार अन्तिम खेल नखेलेर नै युराेकपकाे नकआउटचरणमा पुगिसकेको छ । पोर्चुगल पराजित रहेर पनि अर्को चरण पुग्न सक्नेछ । याे खेल नेपाली समय अनुसार राति पाैने एक बजेबाट सुरु हुनेछ ।

युुराेकप फुटबलमा आज विश्वकप विजेताविरुद्ध युरोपेली विजेताबिच ‘महाभिडन्त’ हुनेछ ।  

फ्रान्स बुधबार अन्तिम खेल नखेलेर नै युराेकपकाे नकआउटचरणमा पुगिसकेको छ । पोर्चुगल पराजित रहेर पनि अर्को चरण पुग्न सक्नेछ । याे खेल नेपाली समय अनुसार राति पाैने एक बजेबाट सुरु हुनेछ ।

समूह ‘एफ’ को यो खेलमा जित निकाल्न सके फ्रान्स समूह विजेता बन्नेछ । एक गोलको हारले पोर्चुगललाई खासै फरक पार्ने छैन । तर यसका लागि समूहकै अर्को खेलमा हंगेरीले जर्मनीलाई पराजित नगरेकाे खण्डमा । यो खेल क्रिस्टियानो रोनाल्डोविरुद्ध केलियन एमबाप्पेबीचको खेल पनि हो । 

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले यो खेलमा आफुहरु नै बलियो स्थितिमा रहेकाे र जितले हामी समूह विजेता बन्ने बताएका छन । यो समूह जित्नुको फाइदा के भने यो टिमले अन्तिम १६ मा कुनै एक समूहको तेस्रो स्थानमा रहने टिमविरुद्ध खेल्न पाउनेछ । फ्रान्सलाई हराएरकाे खण्डमा पोर्चुगल समुह विजेता बन्ने माैका पनि छ । 

यसका लागि जर्मनी र हंगेरीबीच म्युनिकमा हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ । जर्मनी र पोर्चुगल दुवैको ३ अंक छ । हंगेरी भने १ अंकसहित अन्तिम स्थानमा छ । हंगेरीलाई अर्को चरण पुग्न जर्मनीलाई हराउनकाे बिकल्प छैन । 

फ्रान्स भने केही ढुक्क हुनसक्ने स्थितिमा छ । फ्रान्सले जर्मनीलाई १–० ले हराएको थियो भने हंगेरीसँग १–१ को बराबरी खेलेको थियो । फ्रान्ससँग आक्रमणका लागि यति धेरै अस्त्र रहेको छ कि उसले अहिलेसम्म बुनेको आक्रमणमा गुनासो भने गर्न सक्छ । एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि यस सिजन ४२ गोल गरे । करिम बेन्जेमाले पनि रियल म्याड्रिडका लागि ३० गोल गरे । उनी ७१ गोलसँगै युरोपेली च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको चौथो स्थानमा छन् ।

यी दुवै खेलाडीले अहिलेसम्म युरो २०२० मा कुनै गोल गर्न सकेका छैनन् । अझ एमबाप्पेको तुलनामा बेन्जेमाको आलोचना बढी भइरहेको छ । एन्टोइन ग्रिजमन मात्र होइनन्, लुकास डिग्ने पनि बेन्जेमाको समर्थनमा ओर्लिसकेका छन् । बेन्जेमालाई लिएर डिग्नेले भनेका छन्, ‘टिममा कसैलाई पनि बेन्जेमाको उपयोगितालाई लिएर शंका छ । 

फ्रान्सका लागि चोटका कारण विंगर ओसमन डेम्बेलेलाई गुमाउनु भने घाटाको विषय हुनसक्छ । पोर्चुगलको आक्रमण भने ठीक ठाउँमा छ । रोनाल्डोले ५ संस्करण खेलेर कीर्तिमानी १२ गोल गरिसकेका छन् । यो फ्रान्सकै महान् मिचेल प्लाटिनीभन्दा तीन बढी छ । फ्रान्सविरुद्ध उनले ह्याट्रिक गर्न सक्छन् भने अन्तर्राष्ट्रिय गोलमा कीर्तिमानी इरानी स्ट्राइकर अलि देइलाई उछिन्ने छन् । देइले देशका लागि १ सय ९ गोल गरेका छन् ।

जर्मनीविरुद्ध हंगेरी

जर्मनी र हंगेरी दुवै एक आपसमा सामना गर्दा एउटै लक्ष्य हुनेछ, प्रतियोगिताबाट बाहिरिने सम्भावना टार्ने । यसका लागि हंगेरीलाई जित नै आवश्यक छ भने जर्मनीलाई जित नचाहिन सक्छ । सन् १९५४ को विश्वकपपछि जर्मनी र हंगेरी पहिलोपल्ट कुनै ठूलो प्रतियोगितामा खेलिरहेका छन् । त्यस ऐतिहासिक खेललाई अहिलेसम्म पनि ‘बर्नको चमत्कार’ का रूपमा सम्झिने गरिन्छ । तत्कालीन पश्चिम जर्मनीले हंगेरीलाई त्यतिबेला ३–२ ले हराएको थियो ।

जर्मनीले पछाडि रहेको स्थितिबाट हंगेरीलाई हराएको थियो । त्यतिबेला हंगेरी विश्व फुटबलको महाशक्ति थियो । हंगेरीका अहिलेका प्रशिक्षक मार्को रोसी मान्छन्, अहिलेको टिमसँग पुरानो हंगेरी टिमसँग पक्कै तुलना गर्न सकिन्न । तर जर्मनीलाई हराएर अहिलेको टिम अन्तिम १६ भने पुग्न सक्छ । पोर्चुगलविरुद्धको खेलमा ३–० को हार बेहोरेको हंगेरीले विश्व च्याम्पियन फ्रान्सलाई भने १–१ को बराबरीमा रोकेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey