युरो २०२० : दोस्रो चरणसम्मको प्रदर्शन केलाउँदा 

Kelmi

  • |
  • २०७८-०३-०६
  • |
  • 903 पटक हेरिएको

यूरो २०२०को दोस्रो राउण्डसम्म हेर्दा नेदरल्याण्ड, इटाली र बेल्जियम निकै बलिया देखिएका छन् । फ्रान्स पनि दावेदार कै रुपमा हेरिएको छ ।  

जर्मनीले पोर्चुगललाई झट्का दिदा, इंग्ल्याण्डले अहिलेसम्म पनि राम्रो प्रदर्शन गरेको छैन ।

रोनाल्डोको ३ गोलले अहिले उनी गोल्डेन बुटको पहिलो स्थानमा छन् ।  चेक रिपब्लिकको प्यात्रीक स्क्किचेक पनि ३ गोल सहित पहिलो स्थानमा नै छन् । 

Image

युरोका केहि हाइलाइट्सहरु 


जम्न नसकेको इंग्ल्यान्ड र स्पेन :
इंग्ल्याण्डको प्रदर्शन सोचे जस्तो हुन सकेको छैन । कागजमा  निकै बलियो  देखिएको इंग्ल्यान्ड खेलमा भने आफ्नो उत्तम प्रदर्शन दिन सकेको छैन ।  

ह्यारी केन, रहिम स्टरलिङ्ग, फिल फोडेनले हरेक खेलमा समय पाउँदा मार्कस रास्फोर्ड, जादकन सान्चो र ज्याक ग्रेअलिशले अझैं पनि समय पाउन सकेका छैनन् ।  

इंग्ल्याण्डको डिफेन्स मजबुत देखिए पनि, फाइनल थर्डमा केहि गर्न सकेको छैन । इंग्लिस कोच ग्यारेथ साउथगेटको आलोचना दिन प्रतिदिन बढदै गएको छ ।

कोचको रणनीति र खेलाडीबीच तालमेल नमिलेको पनि भन्न सकिन्छ । पूर्णरुपमा फिट नभएका खेलाडी ह्यारी मगुइर र जोर्डन हेनडरसन टिममा राख्न पर्ने दबाब भएकाले साउथगेटलाई निकै गह्रो भैरहेको छ ।  स्टार खेलाडी ह्यारी केनको बुट अझै चल्न सकेको छैन ।

त्यसले गर्दा पनि इंग्ल्यान्डले  यूरोमा प्रभाव जमाउन सकेको छैन । अबको खेलमा राम्रो प्रदर्शन गर्न नसके इंग्लिस टिमको भविष्य कठिन रहेको छ ।

 यूरोको दावेदार मानिएको इंग्लिस टिमलाई केहि झट्का भने सुरुवातमा नै लागेको छ । 

स्पेनको खेल राम्रो भए पनि ओपन प्लेबाट गोल निस्केको छैन ।  लुइस एन्रिकेको भविष्य पनि अन्योलमा रहेको छ ।  २ खेलमा २ बराबरी सहित जम्मा २ अंक बटुलेको स्पेनिस टोलिलाई अघि बढ्ने बाटो पनि कठिन रहेको छ ।  ग्रुप जित्ने लक्ष्य सहित अघि बढेको स्पेन अहिले जित निकाल्न पनि धौ धौ परि रहेको छ ।

अनुभवी टिम नहुँदा स्पेनलाई निकै कठिन भैरहेको छ । युवा टोली समावेश गरिएको स्पेनिस टोलिमा, अग्रपंतिमा खेलाडी चल्न नसक्दा गाह्रो भैरहेको छ ।  

इटाली, नेदेरल्याण्ड्स र बेल्जियमको प्रभाव 

इटाली 
यूरोको डार्कहर्ष इटालीको प्रदर्शन सोचे भन्दा फरक आइरहेको छ । इटालीले खेलमा उत्कृष्ट प्रदर्शन दिएको छ । निकै सन्तुलित  टिम रहेको इटाली,  डिफेन्स, मिडफिल्ड  र अट्याक सबै मजबुत देखिएको छ ।  इटालीमा सबै भन्दा प्रभाव पार्न सफल खेलाडी हुन् मनुअल लोकटेली र लिओनार्दो स्पिनेज्जोला ।

 यी दुईको उच्च प्रदर्शनले इटालीको टोलिको आत्माबल निकै बढेको हुनुपर्छ ।  राउण्ड अफ १६ को लागि छनोट भैसकेको इटालीको अबको खेलहरु अझै महत्वपूर्ण रहेको छ । २०१८ को बिश्वकप गुमाएको इटालीले अहिले बलियो दाबेदारी पेश गरि रहेको छ । 

नेदेरल्याण्ड्स 
डच टोलिको युरो कप निकै प्रभावशाली भैरहेको छ ।  मिडफिल्डर गिनी विनाल्दम र फ्रंकी डी जोङ्गको तालमेल एकदम मिलेको देखिन्छ ।

फुल  ब्याकद्वय प्याट्रिक भ्यान अन्नाहोल्ट र डमफ्रिजको खेलमा कुनै खोट नै छैन ।  २ खेलमा २ जित सहित डच टोलि यसपालि बलियो दाबेदारी पेश गरिरहेको छ । सानो टिमसँगको सफलताले नै युरो जित्छ भनेर अहिले नै भन्न निकै हतार हुने छ ।

डच टोलिको असली परिक्ष्या नक आउट स्टेजमा हुने छ । डिफेन्स लाइनमा पनि निकै सुधारिएको डच टोली १९८८ पछि पहिलो पटक युरो जित्ने लक्ष्य सहित अघि बढिरहेको छ ।  

बेल्जियम 
फिफा बरियतामा  नम्बेर एक टोली बेल्जियम २ खेलमा २ जित निकाल्दै आघि बढिरहेको छ ।  बेल्जियमको दोस्रो खेलमा केभिन डे ब्रुइनको प्रभाव प्रस्ट रुपमा देखियो ।

 डे ब्रुइनको एक गोल एक असिस्टमा बेल्जियमले दोस्रो खेलमा प्रस्ट तीन अंक बटुलेको हो ।  लुकाकु, डे ब्रुइन, हजार्ड, करास्को, कर्तुवा जस्ता प्रभावशाली खेलाडीले भरिएको बेल्जियम, निकै बलियो देखिएको छ ।  बेल्जियमको परीक्षा नक आउट चरणमै हुनेछ ।  

बेल्जियमको अहिलेको पुस्तालाई गोल्डेन जेनेरेशन पनि भनिएको छ । तर ठूलो प्रतियोगितामा खासै केहि गर्न नसक्दा बेल्जियमका  समर्थकबीच अझै पनि खुशी छाउन सकेको छैन । 

ग्रुप अफ डेथमा भिडन्त 
ग्रुप अफ डेथ साँच्चै नै अनौठोसँग आघि बढिरहेको छ ।  जर्मनी पहिलो खेलमा पराजय भए पछि दोस्रोमा शनसनीपूर्ण कमब्याक गरेको छ ।

पोर्चुगललाई निकै प्रेशरमा राखेर खेलेको दुई आत्मघाती गोलले पोर्चुुगललाई झट्का लागेको थियो । उता फ्रान्स हंगेरीसंग बराबरीमा रोकिदा ग्रुप निकै रोमान्चक हुन पुगेको छ ।

ग्रुपमा ४ ओटै टिमको नक आउटमा पुग्ने आशा अझ बाँकी नै रहेको छ ।  फ्रान्स र पोर्चुगलको खेलले अब पुरै ग्रुपको समिकरण निर्धारण गर्ने छ ।  

जर्मनीलाई भने केहि सहज पक्कै हुने छ ।  हंगेरीलाई हराउँदै अघि बढ्ने जर्मनीको चाहना रहेको छ ।  जर्मनीले पहिलो खेलमा हर बेहोरे पनि दोस्रोमा पुनरागमन  गर्न सफल भएको छ । 

दोस्रो स्टेजको खेल हुदासम्म ठूला टिम सबैले सोचे अनुरुप प्रदर्शन गर्न सकेका छैनन् । पोर्तुगल र फ्रान्सलाइ झट्का लाग्दा बेल्जियम र इटालीको दाबेदारी बलियो देखिएको छ ।   

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey