युरो २०२ मा समूह एका अन्तिम खेल हुँदै 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०६
  • |
  • 1476 पटक हेरिएको

हाइलाइट्स

दुवै खेल पाैने १० बजे 

  • स्वीट्जरल्याण्ड भर्सेस टर्की 
  • इटली भर्सेस वेल्स 

युरोपेली च्याम्पियनसिपमा आज राति दुई वटा खेल हुने भएका छन् ।

नेपाली समय अनुसार राति पौने १० बजे समूह एमा रहेका स्वीट्जरल्याण्ड र टर्की तथा इटली र वेल्स आमने सामने हुने छन् ।

यो समूहको समूह चरणको अन्तिम खेलबाट प्रि क्वाटरफाइनलमा प्रवेश गर्ने टिमहरुको टुंगो लाग्ने छ ।

६ समूहमा विभाजित प्रत्येक टिमबाट दुई दुई टिमले प्रि क्वाटरफाइनलमा स्थान बनाउँदा तेस्रो स्थानमा रहने सबै समूहबाट गरी मात्र चार टिमले पनि अन्तिम १६ को यात्रा तय गर्ने छन् ।

इटली लगातार दुई खेल जित्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ भने वेल्स चार अंकसहित दोस्रो तथा स्वीट्जरल्याण्ड एक अंकसहित तेस्रो स्थानमा छ ।

यो समूहमा रहेको टर्कीले भने खाता खोलेको छैन । स्वीट्जरल्याण्डले टर्कीलाई पराजित गरेमा अन्तिम १६ मा पुग्न सहज हुने छ ।

उता इटली र वेल्सको खेलको नतिजाले पनि प्रभाव पार्ने छ । इटली र  वेल्स बराबरीमा रोकिदा दुवै टिम सहजरुपमा नकआउट चरणमा प्रवेश गर्ने छन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey