बर्षाले प्रभावित विश्व टेष्ट च्याम्पियनसिपकाे फाइनलका लागि न्यूजिल्याण्ड टिमले अझे सुरुवाती ११ सार्वजनिक गर्ने सकेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 852 पटक हेरिएको

हाइलाइट्स

फाइनल खेलका लागि भारतले विहिबार नै सुरुवाती ११ सार्वजनिक गर्दा न्यूजिल्याण्डले भने अहिलेसम्म त्यो पनि गर्न सकेको छैन । खेल हुने पिचको अवस्था कस्तो हुन्छ भन्ने चिन्ता रहेकाले अझैपनि सुरुवाती ११ तय गर्न नसकेको न्यूजिल्याण्ड टिमका खेलाडीले बताएका छन । 

भारत र न्यूजिल्याण्डविचको शुक्रबारबाट सुरु हुने भनिएको विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा बर्षा बाधक बनेको छ । पहिलो दिन बर्षाले खेल मात्र होइन, टस पनि हुन सकेन । दोस्रो दिनपछि भारी बर्षाको अनुमान गरिएको छ भने छैटौं दिन अर्थात रिजर्व डे मा मात्र मौसम सफा रहने बताइएको छ । 

फाइनल खेलका लागि भारतले विहिबार नै सुरुवाती ११ सार्वजनिक गर्दा न्यूजिल्याण्डले भने अहिलेसम्म त्यो पनि गर्न सकेको छैन । खेल हुने पिचको अवस्था कस्तो हुन्छ भन्ने चिन्ता रहेकाले अझैपनि सुरुवाती ११ तय गर्न नसकेको न्यूजिल्याण्ड टिमका खेलाडीले बताएका छन । 

खेल हुने स्थल साउथह्याम्टनमा आज दिउँसो तीन देखि ६ बजेसम्म ८१ प्रतिशत पानी पर्ने संभावना रहेको छ । यस्तै साँझ ६ देखि नौ बजेसम्म ६७ प्रतिशत र राती नै देखि १२ बजेसम्म ८४ प्रतिशत पानी पर्ने संभावना रहेको बताइएको छ । 

पहिलो दिनको खेल बर्षाले हुन नसकेपछि पिचको अवस्था हेरेर भारतीय टिममा पनि सुरुवाती ११ परिवर्तन हुन सक्ने संभावना रहेको फिल्डिङ प्रशिक्षक श्रीधरले बताएका छन । 
च्याम्पियनसिपको विजेताले १६ लाख अमेरीकी डलर पाउने छ भने उपविजेताले ८ लाख डलर हात पार्नेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey