नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित, आयुष २००६ पछि राष्ट्रिय टिममा डेब्यु गर्ने सयाै खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 909 पटक हेरिएको

नेपालले फिफा विश्वकप छनाैटकाे अन्तिम खेलमा अष्ट्रेलियासँग तीन शुुन्यकाे हार ब्यहाेरेकाे छ । कुवेत सिटी रंगशालामा भएकाे खेलमा नेपाल तीन शुन्यले पराजित भयाे । नेपालले खेलकाे छैटाै मिनेटमा नेपालले गाेल खायाे । अस्ट्रेलियाका लागि म्याथ्यु लेकिले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

अधिकांश समय नेपाली एरियामा बल राख्दै दबाव बनाएको अस्ट्रेलियाले ३७ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । कुलिङ ब्रेक लगत्तै नेपालले राम्रो मौका पाएको थियो । तर सुमन अर्यालले उक्त मौकालाई सदूपयोग गर्न सकेनन् ।

३७ औं मिनेटमा फ्रान्क केरिनेजले उत्कृष्ट फिनिसिङ गरेका थिए । लगत्तै किरनले उत्कृष्ट बचाउ गरेका थिए । ४४ औं मिनेटमा नेपालका रोहित चन्द रातो कार्ड पाउँदै मैदान छाड्दा नेपाल १० खेलाडीमा झरेको थियो ।

खेलको ५१ औं मिनेटमा अष्ट्रेलियाका म्याथ्युले हेडको प्रयासलाई सफल गर्न सकेनन् ।

५५ औं मिनेटमा अष्ट्रेलियाका अजानको प्रहार पोष्टमा रहन सकेन । नेपाल भन्दा निकै बलियो टिमविरुद्ध अष्ट्रेलियाले ५७ औं मिनेटमा तीन शुन्यको अग्रता बनायो । उसका लागि मार्टिन बोयलले गोल गरे ।

नेपालका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मार्टिनले सहजै गोल गर्न सफल भए ।

त्यसको अर्को मिनेटमा नेपाल फेरी गोल खानबाट बच्यो । डिबक्स भित्रबाट हेरीस सटरले गरेको प्रहार पोष्टमा लागेर फर्कियो ।
खेलको ६५ औं मिनेटमा अष्ट्रेलियाले अर्को राम्रो प्रहार गरेपनि पोष्ट भन्दा माथिबाट बाहिरीयो । खेलको ६७ औं मिनेटमा नेपालले झिनो अवसर बनाएको थियो । नेपालका मनिष डाँगीले पाएको मौकामा अष्ट्रेलियाका गोलकिपर बाधक बने ।

६९ औं मिनेटमा अष्ट्रेलियाको अर्को प्रहारलाई किरण चेम्जोङले बचाए । खेलको ७५ औं मिनेटमा अष्ट्रेलियाले अर्को अवसर पाएपनि अफसाइड दिइयो । त्यसपछि अष्ट्र«ेलियाले दुई वटा राम्रो मौका गुमायो ।

खेलको ८४ औं अष्ट्रेलियाको अर्को प्रहारलाई किरणले बचाए । त्यसको अर्को मिनेटमा किरणले अर्को डरलाग्दो प्रहारलाई बचाए ।
खेलको अन्तिममा नेपाली खेलाडी आयुष घलान नेपालको लागि २००६ पछि राष्ट्रिय टिमका लागि डेब्यु गर्ने एक सयौ खेलाडी बने । त्यसपछि यहि खेलमा सुरज जिउ ठकुरी र कमल थापाले डेब्यु गर्ने मौका पाए ।

खेलको अन्तिममा नेपाली खेलाडी आयुष घलान नेपालको लागि २००६ पछि राष्ट्रिय टिमका लागि डेब्यु गर्ने एक सयौ खेलाडी बने । त्यसपछि यहि खेलमा सुरज जिउ ठकुरी र कमल थापाले डेब्यु गर्ने मौका पाए ।

यो जितपछि अष्ट्रेलिया अपराजित रहँदै सात खेलमा २१ अंक बनाएको छ । नेपालले भने एशियन कपको क्वालिफायर्स खेल्नुपर्ने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey