मार्सेलाेले अर्काे सिजन रियलबाट नै खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 334 पटक हेरिएको

रियल मड्रिडका डिफेन्डर मार्सेलो आगामी सिजनमा पनि मड्रिडमा नै बस्ने भएका छन । रियलसँगको सम्झौताको अन्तिम बर्षमा पुगेका मार्सेलो यो सिजनमा अर्को क्लवमा जाने चर्चा भएको थियो ।

तर अन्तिम समयमा उनी रियलमा नै बस्ने भएका हुन । उनको क्लवसँगको सम्झौता २०२२ को जुनमा सकिँदैछ । ब्राजिलियन खेलाडी मार्सेलोलाई नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीले टिममा राख्नु बताएका छन ।

सन् २०१४ र १५ को सिजनमा एन्सेलोटी प्रशिक्षक हुँदा मार्सेलोलाई ५३ पटक प्रयोग गरेका थिए । जुन रियलका लागि एक डिफेन्डरले एकै सिजनमा खेलेको सर्वाधिक धेरै खेल हो ।

तर पछिल्लो पटक मार्सेलोले नियमित रुपमा टिममा स्थान बनाउन सकेका छैनन । लेफ्ट ब्याकमा उनको स्थानमा फेरलान्ड मेन्डी बढि टिममा परिरहेका छन ।

यतिमात्र होइन, यदि सर्जियो रामोसले क्लव छोडेको खण्डमा उनी टिमको कप्तानको दावेदारपनि रहेका छन । त्यसैलेपनि उनलाई सम्झौता सकिँदासम्म टिममा नै राख्ने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey