सुपर लिगमा संलग्न भएकाे भन्दै ६ प्रिमियर क्लवलाई समग्रमा २२ मिलियन पाउण्ड जरिवाना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 336 पटक हेरिएको

युरोपियन सुपर लिगको संस्थापक क्लव बनेर पछि फिर्ता भएका ६ वटा प्रिमियर लिगलाई समग्रमा २२ मिलियन पाउण्ड जरिवाना भएको छ ।यसका साथै यदि फेरी सो लिगमा जान खोजमा अरु २० मिलियन जरिवाता र प्रिमियर लिगमा ३० अंक घटाइने गरि चेतावनी दिइएको छ ।

प्रतियोगिताको घोषणा भएको दिन बाट नै विवादास्पद बनेको सुपर लिग प्रिमियर लिगका ६ क्लव संस्थापकका रुपमा आबद्ध भएका थिए । तर चौतर्फी आलोचनापछि ६ वटै प्रिमियर लिग क्लवले नाम फिर्ता लिएका थिए ।

सुपर लिगमा सामेल भएको भन्दै ती ६ क्लवलाई प्रिमियर लिगले कुल २२ मिलियन जरिवाना लगाएको छ । सबै क्लव गरेर गरिएको सो जरिवाना ग्रासरुट फुटबलमा खर्च गरिने बताइएको छ ।

सुपर लिगमा संस्थापक क्लवका रुपमा म्यानचेस्टर सिटी र युनाइटेड, चेल्सी, आर्सनल, लिभरपुल र टोटनहम गएका थिए । उनीहरुलाई यो जरिवाना प्रिमियर लिगको एजीएमको अघिल्लो दिन गरिएको हो ।

युरोपियन च्याम्पियन्स लिगलाई प्रतिस्पर्धा गर्ने लक्ष्यका साथ १२ क्लवले एक साथ सुपर लिगको घोषणा गरेका थिए । त्यसमा नौ क्लवले नाम फिर्ता लिएपनि रियल, बार्सिलोना र युभेन्टस भने अझै बाँकी नै छन । उनीहरुलाई प्रतिबन्ध लगाउने विषयमा युरोपियन फुटबल महासंघले प्रक्रिया बढाइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey