यी हुन् युरो-२०२० गुमाउने हाइ-प्रोफाइल खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 720 पटक हेरिएको

एजेन्सी । कोरोना महामारीका कारण एक वर्ष सारिएको युरोपियन च्याम्पियनसिप सुरु हुन तीन दिन बाँकी छ । स्टार खेलाडीहरु आआफ्ना देशलाई युरोपको महारथी बनाउन प्रयासरत छन् ।

फ्रान्स, इटली, स्पेन, बेल्जियम, र इंग्ल्याण्डलाई यो संस्करणको दावेदार टोलीका रुपमा लिइएको छ । स्टार खेलाडीहरु पाउल पोग्वा, एनगोलो कान्टे, इडेन हाजार्ड, रोवर्ट लेवाण्डोस्की, केलिन एम्बाप्पे, जेरार्ड पिके, केभिन डी ब्रुयेन, म्यानुअल निउर लगायत आआफ्नो देशलाई वेम्वलीमा हुने फाइनलमा जित दिलाएर उपाधि हासिल गर्न चाहन्छन् ।

यद्यपी केहि यस्ता स्टार खेलाडीहरु छन् जसले इन्जूरी वा अरु केहि कारणले यो प्रतियोगिता गुमाउनेछन् । हामीले आफ्नो देशको टोलीसँग भ्रमण गर्न छुटेका केहि खेलाडीबारे यहाँ उल्लेख गरेका छौं ।

१: सर्जियो रामोस, स्पेन

युरोपियन च्याम्पियनसिपमा सहभागी हुन नपाउने सबैभन्दा चर्चित खेलाडी हुन्, रियल मड्रिडका कप्तान सर्जियो रामोस । चोटका कारण स्पेनिस प्रशिक्षक लुइस इनरिकेले रामोसलाई २६ सदस्यीय टोलीमा समावेश गरेनन् । एकभन्दा बढी चोटका कारण रामोसले २०२१ मा नियमित प्रदर्शन गर्न सकेका थिएनन् ।

२: थियो हर्नान्डेज, फ्रान्स

एसी मिलानबाट सिरी ए मा यो सिजन गरेको प्रभावशाली प्रदर्शनका कारण हर्नान्डेजले डिडिएर डेसच्याम्पको टोलीमा समावेश हुने धेरैको अनुमान थियो । तर उनी टिममा समावेश भएनन् । फ्रान्सको टिम व्यवस्थापनले उनको पोजिसनमा एमेरिक लापोर्टेलाई नै विश्वास ग¥यो ।

३: जुलियन ड्राक्सलर, जर्मनी

२७ वर्षीय मिडफिल्डर ड्राक्सलरले यो सिजन पीएसजीबाट नियमित खेल्न पाएका थिएनन् र उनले सिजनमा १८ खेल मात्र सुरुआती टिमबाट खेल्न पाए । सम्भवतः राष्ट्रिय टोलीमा खेल्नका लागि उनको यो प्रदर्शन पर्याप्त भएन ।

४: मार्को एसेन्सियो, स्पेन

लुइस इनरिके प्रशिक्षित स्पेनको टोलीमा स्थान बनाउन नसकेका रियल मड्रिडका अर्का खेलाडी हुन् मार्को एसेन्सियो । गएको सिजन उनले चोटको समस्याका कारण धेरै खेल गुमाए । सायद त्यसैले उनी टिममा पर्न असफल रहे ।

५: डायोट उपामेकानो, फ्रान्स

उपामेकानोलाई युरोपकै उत्कृष्ट डिफेण्डरको रुपमा स्थापित गर्न थालिएको छ । उनले हालै मात्र ५२ मिलियन अमेरिकी डलरमा बायर्न म्युनिखले अनुबन्ध गरेको छ । तर फ्रान्सले यी सेन्टरब्याकलाई आफ्नो टिममा राखेन । डिडियर डेसच्याम्पले यी २२ वर्षीय खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेनन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey