भारतीय कप्तान क्षेत्रीले मेस्सीलाई पछि पारे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 475 पटक हेरिएको

फिफा विश्वकप छनौट अन्तर्गत सोमबार राती भएको खेलमा बंगलादेशविरुद्ध भारतलाई दुई शुन्यको जित दिलाएका कप्तान सुनील क्षेत्रीले लियोनल मेस्सीलाई पछाडी छोडेका छन ।

देशका लागि ७४ गोल गरेका क्षेत्री हाल सक्रिय खेल जीवनमा धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका छन । उनी भन्दा अगाडी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमात्र छन । रोनाल्डोको एक सय तीन गोल रहेको छ ।

बंगलादेशविरुद्ध दोहामा भारतले फिफा विश्वकपमा पहिलो जित निकाल्दा क्षेत्रीले दुई गोल गरेका थिए ।

यसका साथै उनी देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा ११ औं स्थानमा उक्लिएका छन । मेस्सीले अर्जेन्टिनाका लागि ७२ गोल गरेका छन । भारतले फिफा विश्वकप छनौटमा ६ बर्षपनि पहिलो जित निकालेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey