विश्वकप छनोट : दश खेलाडीमा समेटिएको कोलम्बियाको सानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 354 पटक हेरिएको

सन् २०२२ को कतार विश्वकपका लागि भएको दक्षिण अमेरिकी छनोट खेलमा कोलम्बियाले सानदार जित दर्ता गरेको छ । दश खेलाडीमा समेटिए पनि कालेम्बियाले उत्कृष्ट जित निकाल्न सफल भयो ।

शुक्रबार विहान सकिएको खेलमा कोलम्बियाले पेरुमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको हो ।

जितसँगै कालेम्बिया तालिकाको छैटौं स्थानमा रहेको छ भने उसको सात अंक भएको छ । यारी फर्नान्डो मिना गोन्जालेज, एन्ड्रेस माट्यूस उरिब विला र लुईस फर्नान्डो डियाज मारुलन्दाले एक एक गोल गरेका थिए ।

४० औं मिनेटमा यारी फर्नान्डोले गोल गर्दै कोलम्बियालाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ४९ औं मनिेटमा एन्ड्रेस विलाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । यसैगरी ५५ औं मिनेटमा लुईस फर्नान्डोले गोल थपेपछि कोलम्बिायले ३–० को फराकिलो जित दर्ता गरेको हो ।

कोलम्बियाका डेनियल मुनोज मेजिया भने ५९ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको थियो । उनी ५६ औं मिनेटमा मात्रै जोन स्टिफन रामिरेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।

Image

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey