ताइपेइविरुद्ध नेपाल २-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 725 पटक हेरिएको

कुवेत स्थित अल जमल फुटबल रंगशालामा भएको खेलको तेस्रो मिनेटमा नै नेपालले पेनाल्टी पायो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक डिबक्समा चाइनिज ताइपेइका खेलाडीको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । जसलाई अञ्जन विष्टले सहजै गोल गर्न सफल भए । चाइनीज ताइपेईविरुद्ध अञ्जनको यो तेस्रो गोल हो ।
एक गोलले पछि परेको अवस्थामा ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने मौका खेर फाल्यो । उसका वु चुन चिङको हेडरलाई नेपाली कप्तान किरण चेम्जोङले बचाए ।
खेलको १६ औं मिनेटमा नेपालका सन्तोष तामाङको पासमा सुनील बलले प्रहार गर्न खोजेको बललाई ताइपेइका गोलकिपरले बचाए ।
त्यसपछि नेपालले दुई वटा मौका पाएको थियो । २२ औं मिनेटमा सुनील बलले लामो प्रयास गर्दा पोष्टको निकै माथिबाट बाहिरीयो । २४ औं मिनेटमा अञ्जन विष्टले दुई जना डिफेन्डरको विचबाट गरेको प्रहार ताइपेइका गोलकिपरले बचाए । त्यसपछि दुबै टिमबाट अरु प्रहार हुन सकेन र नेपालले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो ।
दोस्रो हाफको ५२ औं मिनेटमा नेपालले अर्को मौकालाई सदुपयोग हुन सकेन । त्यसपछि ५४ औं मिनेटमा सन्तोष तामाङको प्रहारपनि पोष्टमा रहन सकेन । ७० औं मिनेटमा ताइपेइले कर्नरबाट मौकाको सिर्जना गरेको थियो । तर त्यसलाई नेपालले क्लियर गर्यो ।
८० औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका युवा खेलाडी मनिष डाँगीको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।
८१ औं मिनेटमा नेपालले दुई शुन्यको अग्रता बनायो । नेपालका लागि नवयुग श्रेष्ठले गोल गर्न सफल भए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey