डेभोन कोनवे डेब्यु टेस्टमा दोहोरो शतक बनाउने सातौं खेलाडी (अरु को को )

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 520 पटक हेरिएको

इंग्ल्याण्डका डेभोन कोनवेले डेब्यु टेस्टमै दोहोरो शतकको कीर्तिमान बनाएका छन् । इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट म्याचमा डेब्यु गरेका कोनवेले लगातार दुई दिन खेल्दै टेस्टमा दोहोरो शतक बनाएका हुन् ।

ओपनिङ आएका कोनवे २०० रनमा रनआउट भएपछि न्यूजिल्याण्डको दशौं विकेट पनि पतन भएको थियो । उनको २०० रनको मद्दतले न्यूजिल्याण्डले पहिलो पारिमा ३७८ रन बनायो ।

कोनवेले पहिलो शतक १६३ बलमा पुरा गरेका थिए भने दोस्रो शतक बनाउँदा १८४ बल खेलेका थिए । समग्रमा २ सय रन बनाउँदा ३४७ बलको सामना गरेका थिए । उनले आफ्नो पारिमा २२ चौका र एक छक्का प्रहार गरे । उनी डेब्यु टेस्ट क्रिकेटमै दोहोरो शतक बनाउने विश्वका सातौं खेलाडी भएका छन् ।

डेब्यु टेस्टमै सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा टीप फोस्टरको नाम आउँछ । इंग्ल्याण्डका उनले १९०३ सालमा अस्ट्रेलिया विरुद्ध डेब्यु गर्दा २८७ रन बनाएका थिए ।

इंग्ल्याण्डबाट जम्मा उनले ८ म्याचको १४ इनिङ्समा ६०२ रन बनाएका थिए । उनले फस्ट क्लासको पनि सर्वाधिक रन २८७ नै हो । उनको निधन १९१४ मा ३६ वर्षको उमेरमा भएको थियो ।
दोस्रो स्थानमा वेस्टइन्डिजका लरेन्स जर्ज रोय रहेका छन् । उनले १९७२ मा न्यूजिल्याण्डविरुद्ध डेब्यु गर्दा २१४ रन बनाएका थिए । करियरमा ३० टेस्ट खेल्दा सर्वाधिक स्कोर भने ३०२ रन हो । यसैगरी ११ एक दिवसीय म्याच खेलेका थिए ।

डेब्युमै दोहोरो शतक बनाउने तेस्रो खेलाडी हुन् बे्रन्डन कुरुप्पु रहेका छन् । श्रीलंकाका कुरुप्पुले १९८७ मा न्यूजिल्याण्डविरुद्ध डेब्यु गर्दा २०१ रन नटआउट बनाएका थिए ।

यसैगरी म्याथ्यु सिन्क्लेयर डेब्यु टेस्टमै दोहोरो शतक बनाउने चौथो खेलाडी हुन् । न्यूजिल्याण्डका सिन्क्लेयरले वेस्टइन्डिजविरुद्ध १९९९ मा डेब्यु गर्दा २१४ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका ज्याकस रुडोल्फले डेब्यु टेस्टमै दोहोरो शतक बनाउने रेकर्ड बनाएका थिए । उनले बंगलादेशविरुद्ध २००३ मा डेब्यु गर्दा २२२ रनको पारि खेल्दै यो रेकर्ड बनाएका थिए । उनी विश्व क्रिकेटमा डेब्यु टेस्टमै दोहोरो शतक बनाउने पाँचौं खेलाडी बनेका थिए ।

केइल मेयर डेब्यु टेस्टमै दोहोरो शतक बनाउने छैटौं खेलाडी हुन् । वेस्टइन्डिजका मेयरले २०२१ को फेब्रुअरी ३ तारिखमा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले २१० रन नटआउटको पारि खेल्दै रेकर्ड बनाएका थिए ।

सातौं खेलाडीको रुपमा डेभोन कोनवेले यो रेकर्ड बनाएका छन् । विश्व क्रिकेटमा डेब्युमै दोहारो शतक बनाउने सूचीमा कोनवे सातौ स्थानमा रहे पनि न्यूजिल्याण्डबाट दोहोरो शतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । यसअघि म्याथ्यु सिन्क्लेयरले पनि डेब्युमै दोहोरो शतक बनाएका थिए । उनले २१४ रनको पारि खेलेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey