डी ब्रुइनले युराेकपमा रसियाकाे खेल गुमाउने, बाँकी खेलमा पनि फेस कभर लगाउनुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 355 पटक हेरिएको

बेल्जियमका मुख्य खेलाडी तथा प्लेमेकर केभिन डी ब्रुइनले युरोकप फुटबल अन्तर्गत समुह चरणको पहिलो खेल गुमाउने भएका छन । उनले रसियाविरुद्धको खेल खेल्न नपाउने भएका हुन ।

बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्रुइनले रसियासँगको खेल खेल्न नपाउने पक्का भएको बताएका छन । त्यसपछि पनि उनले अनुहार बचाउने मास्क लगाएर खेल्नुपर्ने भएको छ । च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्धको खेलमा उनलाई चोट लागेको थियो । उनको उनको नाक र गालाविचको हड्डी भाच्चिएको बताइएको छ ।

यतिमात्र होइन, प्रतियोगिताको मिती मिती नजिकिदै गर्दा बेल्जियम टिममा समस्या देखिएको छ । उसका स्ट्राइकर इडेन हार्जाडपनि पुर्ण फिट नभएको बताइएको छ । उनले ग्रिसविरुद्धको खेल खेलेका थिएनन् भने आइतबार हुने क्रोयसियाविरुद्धको खेलमापनि ४५ मिनेटमात्र खेल्ने भनिएको छ ।

प्रशिक्षक मार्टिनेजले ब्रुइनको अनुहारमा मास्क लगाउने निर्णय गरेको यसका लागि विशेष मास्क बनाउनका लागि भनिएको बताएका छन । उनले अर्को साता नहुँदासम्म उनको अवस्था के हुने भन्ने एकिन नभएको बताए । तर तत्कालका लागि उनले रसियासँगको खेल खेल्न नपाउने भनिएको छ ।

प्रशिक्षक मार्टिनेजले डी ब्रुइन युरो कपका लागि उपलब्ध हुने तर अहिलेको अवस्थामा केहि एकिन नभएको बताए । उनलाई खेल्नका लागि मेडिकल टिमले ग्रिन सिग्नल दिनुपर्ने बताए ।

युरोकपको समुह बी मा हरेको बेल्जियमले रसिया, डेनमार्क र फिनल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey