कहिले गर्ला क्यानले खेलाडीको केन्द्रीय सम्झौता ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 716 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको चैत २९ गते बसेको बोर्ड बैठकले मे १५ तारिखसम्ममा खेलाडीको नयाँ केन्द्रीय सम्झौताको प्रतिवेदन पेश गर्न भन्दै उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो ।

तर मे महिना सकिएर जुन लाग्दा पनि सो समितिले प्रतिवेदन बुझाउनु त परै जाओस सामान्य छलफल पनि गर्न सकेको छैन । क्यानले समिति बनाएको केहि सातामा नै नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु हुँदा निषेधाज्ञा भयो भने क्यानले आफ्ना सबै कामहरु प्रतिकुल अवस्था भनेर बन्द नै गर्‍यो । अहिले निषेधाज्ञा हुँदा समितिमा रहेका राजुबाबु श्रेष्ठ र सञ्जयराज सिंह काठमाडौंमा नै भए पनि भेट्ने अवस्था छैन ।

समितिका अर्का सदस्य प्रशान्तविक्रम मल्ल भने भैरहवामा रहेका छन् । सो समितिले अनलाइनबाट यो विषयमा छलफल गर्ने भने पनि सबै डकुमेन्ट क्यानको कार्यालयमा रहेको र अहिले जाने अवस्था पनि नरहेकाले काम गर्न कठिन भएको समितिका संयोजक तथा उपाध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘हामीले क्यानले तोकेको समयमा काम सक्ने तयारीमा थियौं, निषेधाज्ञाका कारण काम हुने सकेन ।’

यसअघि पनि क्यानले महिला र पुरुष खेलाडीको श्रेणी बर्गीकरण गर्दा निकै आलोचना पनि खेप्नु परेको थियो । शुरुवातमा बर्गीकरणमा रहेका खेलाडीको नाम सार्वजनिक गर्दा आलोचना भएर दोस्रो पटक सच्याउनुपर्ने बाध्यता आइलागेको थियो ।
६ महिनाका लागि गरिएको सम्झौता सकिएर पनि खेलाडीले तलव पनि पाइसकेका छन् ।

तर २०२१ का लागि क्यानले नयाँ सम्झौता गर्ने भनेको पाँच महिना वित्दा पनि गर्न सकेको छैन । यो सम्झौता अझै कहिले हुन्छ भन्ने विषयमा समितिका सदस्य मल्लले जेठ महिनासम्ममा सबै तयार हुने बताउँछन् । उनले भने ‘अहिले सबै कुरा कोभिडका कारण सरेकाले त्यसको असर हाम्रो कमिटीको काममा पनि परेको छ र क्यानले तोकेको समयमा नभए पनि अब जेठ महिना भित्र यसको टुंगो लगाउँछौं ।’

क्यानले श्रेष्ठ नेतृत्वको समितिलाई १८ जना महिला र १८ जना पुरुष खेलाडी छनोट गरेर प्रतिवेदन तयार पार्न भनेको थियो । केन्द्रीय सम्झौताका लागि एक्स्पर्ट (विज्ञ)का रुपमा दुई जना सदस्यलाई राख्न पाउने भनिएकाले क्यानका क्रिकेट म्यानेजर बिनोद दाशलाई पनि यसमा समावेश गरिएको छ ।

अहिले समितिले क्रिकेट म्यानेजर दाशलाई यसको खाका तयार पार्नका लागि जिम्मेवारी दिएको छ । उनले पनि केहि खाका तयार पारेको बताए । नयाँ केन्द्रीयसम्झौता हुँदा कुन मोडलमा गर्ने भन्ने अहिले मुख्य चुनौती रहेको छ । घरेलु र अन्तर्राष्ट्रिय प्रदर्शन, अनुशासन लगायतका बुँदालाई समावेश गरिने छ । नयाँ सम्झौता हुँदा यस अगाडिको जस्तो आलोचना नहुने किमिमले काम गर्न जरुरी पनि देखिएको छ । कोभिडकै बीच नेपालमा नै भएको त्रिकोणात्मक सिरिजमा केहि युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जो यसअघिको क्यानको केन्द्रीयसम्झौतामा रहेका थिएनन् । त्यसैले पनि यो पटकको केन्द्रीय सम्झौतामा खेलाडी परिवर्तन हुने पक्का जस्तै छ ।

२०२० को बर्गिकरण यस्तो थियो ।
पुरुष खेलाडी
श्रेणी ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सोमपाल कामी

श्रेणी बी : सुशन भारी, पवन सराफ, आरिफ शेख, अभिनाश बोहरा, र ललितनारायण राजवंशी

श्रेणी सी : सुवास खकुरेल, रोहित पौडेल, राशिद खान, कमलसिंह ऐरी र सन्दिप जोरा
यो सूचीबाट नयाँ बर्गिकरण (२०२१) हुँदा कुशल भुर्तेल र आशिफ शेख भित्रिने संभावना देखिएको छ । यसका साथै तीन श्रेणीमा केहि हेरफेर हुने संभावना छ ।

महिला खेलाडी

श्रेणी ए :  नेरी थापा, रुवीना क्षेत्री, सीता रानामगर, करुणा भण्डारी र इन्दु बर्मा
श्रेणी बी :  अप्सरी बेगम, ज्योती पाण्डे, रोमा थापा, कविता जोशी, सरस्वती चौधरी, सरिता मगर, रितु कनोजिया र काजल श्रेष्ठ
श्रेणी सी : अनुराधा जोशी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, ममता चौधरी, सुमन खतिवडा, कविता कुँवर र डली भट्ट

यसअघिको सम्झौतामा २२ खेलाडी राखिएकोमा नयाँ सम्झौता हुँदा मात्र १८ जना हुने भएकाले महिला र पुरुष दुवै तर्फ चार चार जनाको संख्या कटौटी हुने छ ।

हेराैं याे भिडियाेमा  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey