सुपर लिगबाट ९ क्लवले माैखिक रूपमा मात्र नाम फिर्ता, पेपरमा अझै कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 663 पटक हेरिएको

युरोपियन सुपर लिगको घोषणा भएदेखि नै यो प्रतियोगिताका विषयमा केहि न केहि चर्चा भइरहेको छ । कहिले युरोपियन फुटबल महासंघले कारवाहीको प्रक्रिया थालेको, कहिले संस्थापक क्लवले विरोध गरेको कुराले चर्चा पाइरहेको छ । यस्तैमा पछिल्लो पटक युरोपियन सुपर लिगका संस्थापक क्लवका रुपमा रहेका १२ वटै क्लवले आफ्नो सेयर कायमै राखेको बताइएको छ ।

सुपर लिग घोषणा हुँदा संस्थापक क्लवका रुपमा रहेका १२ क्लवमा नौ क्लवले नाम फिर्ता लिएका थिए । तर अहिले उनीहरुले पनि आफ्नो सेयर विक्रि नगरेको बताइएको छ । अहिले सुपर लिगको संस्थापक क्लवमा युभेन्टस, बार्सिलोना र रियल मड्रिडमात्र बाँकी छन ।

तर नाम फिर्ता लिएका नौ क्लवले मौखिक रुपमा प्रतियोगिताबाट हटेको बताएका र पेपरमा अझैपनि उनीहरु सुपर लिगमा कायमै रहेको एल कन्फिडेन्सियलले बताएको छ ।

यो प्रतियोगिताको कानूनी लडाई कायमै रहेका बेला प्रतियोगिता अझैपनि जिवितै रहेको छ । अर्बो डलर लगानी रहेको यो प्रतियोगिता सुरु गरेर च्याम्पियन्स लिगलाई चुनौती दिने चाहना योजनाकारको थियो ।

केहि दिन अगाडी यसको मुख्य योजनामा फिफा अध्यक्ष जियोनी इन्फान्टिनोको पनि साथ रहेको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey