सिरी ए लिग च्याम्पियन इन्टरका प्रशिक्षक काेन्टेकाे राजिनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 437 पटक हेरिएको

इटालीयन सिरी ए को लिग जितेको इन्टर मिलानका प्रशिक्षक एन्टोनीयो काेन्टेले क्लव छोडेका छन ।

नयाँ सिजनको तयारीमा लाग्दा क्लवले आर्थिक रुपमा हात बाधेको भन्दै काेन्टेले राजिनामा दिएका हुन । इन्टर मिलानमा दुई सिजन विताएका कान्टेको प्रशिक्षणमा क्लवले युभेन्टसको एकछत्र राजलाई यो सिजनमा तोडेको थियो ।

५१ बर्षे काेन्टेले अर्को सिजनमा पनि टिमलाई सम्हाल्ने योजना थियो । तर क्लवले आर्थिक रुपमा सहयोग नगर्ने भएपनि उनले छोडेका हुन । क्लवका अध्यक्ष स्टेफेन झाङले स्टार खेलाडीलाई विक्रि गर्ने र तलव घटाउने कुरा गरेपछि उनी रुष्ट भएर टिम छोड्ने निधो गरे र राजिनामा दिएका हुन ।

इन्टर मिलानले खेलाडीको तलव कटौती २० प्रतिशत गर्ने र खेलाडीको तलवका लागि मासिक रुपमा ८६.५ मिलियन पाउण्ड खर्च गर्नुपरेको बताइएको छ । यता काेन्टे भने अर्को सिजनमा पनि टिमको दबदबालाई कायम राख्नका लागि अझै केहि रकम खर्च गर्ने योजना थिए । कान्टेलाई कहि समय अगाडी टोटनहमको प्रशिक्षकका लागि पनि प्रस्ताव आएको बताइएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey