आइपीएलका बाँकी खेल सेप्टेम्बर १८ बाट अक्टाेबर १२ सम्म गर्ने याेजनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 359 पटक हेरिएको

कोभिडका कारण विचमा नै स्थगित भएको इन्डियन प्रिमियर लिगको दोस्रो विन्डो आगामी सेम्टेम्बर १८ बाट सुरु गरेर अक्टोबर १२ सम्म गर्ने तालिका बिसीसीआईले आन्तरीक रुपमा तयार पारेको छ ।

बीसीसीआईले कोरोनाका कारण स्थगित भएको लिग कहिले गर्ने भन्ने एकिन समय नबताएपनि तर आन्तरीक रुपमा यहि विन्डोमा काम गरिरहेको बताइएको छ ।

आइपीएलमा खेल्न बाँकी ३१ खेललाई २० दिनमा सक्ने योजना बीसीसीआईको छ । साथै प्रतियोगिताका लागि चार देशको प्रस्ताव आएपनि अन्तिममा यूएईमा हुने संभावना प्रबल रहेको भनिएको छ । बीसीसीआईले आइपीएलको सुचारु हुने मिती मे २९ मा बस्ने आपतकालिन बोर्ड बैठकले गर्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey