माेड्रिच सन् २०२२ सम्म रियलमा नै रहने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 431 पटक हेरिएको

 

रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लवसँग एक बर्षका लागि सम्झौता नविकरण गरेका छन । नयाँ सम्झौता अनुसार मोड्रिच रियलमा सन् २०२२ को जुनको अन्तिमसम्म बस्नेछन ।

केहि महिना अगाडी आफु रियलबाट नै सन्यास लिने चाहना रहेको बताएका मोड्रिचको त्यो इच्छा पुरा हुने देखिएको छ । एक दशक रियलमा विताएर उनी बाहिरीने भएका छन ।

सन् २०१२ मा टोटनहमबाट ३० मिलियन पाउण्डमा रियलमा अनुबन्ध भएका लुकाले सन् २०१८ मा बलुन डी योरको अवार्ड जितेका थिए । उनले रियलबाट तीन सय ९१ खेल खेलेका छन ।

उनले रियबाट खेल्दा युरोपियन कप, दुई पटक ला लिगा, कोपा डेल रे र तीन पटक फिफा क्लव विश्वपको उपाधि जितेका छन ।
३५ बर्षे मोड्रिचले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey