भारतीय टिमले इंग्ल्याडमा मात्र तीन दिन क्वारेन्टिन बस्नुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 607 पटक हेरिएको

इंग्ल्याण्ड भ्रमणमा जाने तयारीमा रहेको भारतीय क्रिकेट खेलाडीका लागि राहतको खबर आएको छ । इंग्ल्याण्ड क्रिकेट बोर्डले भारतीय क्रिकेट बोर्डको तीन दिनको मात्र अनिवार्य क्वारेन्टिनको प्रस्तावलाई स्विकार गरेको छ । अब भारतीय क्रिकेट टिमले इंग्ल्याण्डमा पुगेपनि मात्र तीन दिनको क्वारेन्टिनको समय विताउनु पर्ने भएको छ । त्यसपछि भारतीय खेलाडीले प्रशिक्षणमा सहभागि हुन पाउनेछन ।

भारतीय क्रिकेट टिम जुन दुई तारिखमा इंग्ल्याण्ड प्रस्थान गर्नेछ । इंग्लयाण्डमा भारतीय टिमले न्यूजिल्याण्डसँग पहिले टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ । त्यो भन्दा अगाडी भारतीय टिमले १२ दिनको प्रशिक्षणको समय पाउने भएका छन ।

यसअघि इंग्ल्याण्ड क्रिकेट टिमले भारतीय टिमलाई बेलायत पुगेपछि अनिवार्य १० दिनको क्वारेन्टिनको समय विताउनुपर्ने बताएको थियो । त्यो नियम अनिवार्य पालना गर्दा भारतीय टिमको क्वारेन्टिनको समय जुन १२ मा सकिने थियो । जसका कारण उनीहरुले मात्र ६ दिनको अभ्यासको समय पाउने थिए । तर अब बीसीसीआईको प्रस्ताव स्विकृत भएपछि भारतीय खेलाडीले १२ दिनको अभ्यासको समय पाउनेछन ।

विश्व टेष्ट च्याम्पियनसिपको फाइनल जुन १८ बाट सुरु हुनेछ । त्यो फाइनल सकिएपछि भारतले इंग्ल्याण्डसँग पाँच टेष्टको सिरिज खेल्नेछ । जसमा पहिलो टेष्ट चार अगष्टबाट आठ अगष्टसम्म हुनेछ भने दोस्रो टेष्ट १२ देखि १६, तेस्रो २९ देखि २९ अगष्टसम्म हुनेछ ।

यस्तै चौथो टेष्ट दुई सेप्टेम्बर देखि ६ सम्म र अन्तिम टेष्ट १० देखि १४ सेप्टेम्बरसम्म हुने तालिका छ । इंग्ल्याण्ड जानुभन्दा अगाडी भारतीय टिमले मुम्बईमा नै १० दिनको क्वारेन्टिनको समय विताउनुपर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey