गांगुली, धोनी र कोहली को उत्कृष्ट भारतीय कप्तान ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 1221 पटक हेरिएको

भारतीय क्रिकेट इतिहासमा कपिल देवले सन् १९८३ मा कप्तानको रुपमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए । जसका कारण उनलाई निकै सम्मान पनि गरिन्छ । कपिल देव भारतीय क्रिकेटको आइकोनिक प्लेयर पनि हुन् । तर, कपिल देवलाई भारतीय क्रिकेटमा महान कप्तानको रुपमा भने चिनिदैन । महान कप्तानको रुपमा सौरभ गांगुली, महेन्द्रसिंह धोनी र वर्तमान कप्तान विराट कोहलीलाई भनिन्छ ।

भारतमा आक्रमक क्रिकेटको शुरुवात कप्तानको रुपमा गांगुली भएपछि भएको मानिन्छ । सन् २००० को दशकमा गांगुलीले भारतीय खेलाडीको खेल्ने मानसिकतामै परिवर्तन ल्याएका थिए । गांगुली यस्ता कप्तान हुन् जसले विपक्षी खेलाडीमाथि हावी हुँदै म्याच जित्न सिकाएका थिए ।

सौरभ गांगुली

गांगुलीले कप्तानी गर्नुभन्दा पहिला भारतीय क्रिकेट टिमले रक्षात्मक क्रिकेट खेल्ने गरेको थियो । कप्तानीमा गांगुली आएपछि त्यतिबेला उनको तुलना पाकिस्तानका महान क्रिकेटर तथा पूर्व कप्तान इमरान खानसँग गरिएको थियो । गांगुलीको समयमा टी २० क्रिकेट नै शुरु भएको थिएन । उनले कप्तानको रुपमा अधिकांश खेलहरु टेस्ट र एक दिवसीय मात्रै थिए । गांगुलीको ओभरअल भारतीय कप्तानको रेकर्ड हेर्ने हो भने १९६ म्याचमा कप्तानी गर्दा ९७ म्याच जितेका थिए । ७९ म्याच पराजित हुँदा टेस्ट क्रिकटलाई पनि जोड्ने हो भने १५ म्याच ‘ड्र’ भएको थियो ।

गांगुलीको कप्तानीमा एक म्याच पनि ‘टाई’ भएन । उता महेन्द्र सिंह धोनी र विराट कोहलीका बीचमा भने प्रतिस्पर्धा तीब्र छ । गांगुलीको जित प्रतिशत ४९।४८ छ भने धोनी र कोहलीको यो प्रतिशत कम रहेको छ । गांगुलीको समयमा एक मात्र विश्वकप आयोजना हुन्थ्यो । एक दिवसीय विश्वकप गांगुलीले जित्न भने असफल रहेका थिए । तर, उनको कप्तानीमा भारतले २००२ मा आईसीसी ट्रफीको भने संयुक्तरुपमा जितेको थियो । त्यतिबेला श्रीलंका र भारतले ट्रफी बाँडेका थिए ।

महेन्द्रसिंह धोनी

महेन्द्र सिंह धोनी भारतका लागि कप्तानको रुपमा सर्वाधिक म्याच खेल्ने खेलाडीमा पर्छन् । कप्तानको रुपमा उनले ३३२ म्याच खेलेका छन् । जसमा उनले १७८ म्याच जित्दा १२० म्याचमा पराजय भोगेका छन् । उनका १५ म्याच ‘ड्र’ भएका थिए । भने ६ म्याच टाई भए । कुल उनलको जित प्रतिशत ५३।१ रहेको छ । जुन आँकडा कप्तानको रुपमा निकै राम्रो पनि हो । धोनीको कप्तानी समयमा भारतले आईसीसीका तीन फरम्याटका उपाधि जितेको छ ।

त्यतिबेला वल्ड टेस्ट च्याम्पियनसिप भने शुरु नै भएको थिएन । भारतले धोनीको कप्तानीमा २००८ मा टी २० विश्वकप, २०११ मा एक दिवसीय विश्वकप जितेको थियो । साथै उनकै कप्तानीमा भारतले च्याम्पियन्स ट्रफी पनि उचालेको थियो । धोनीले अधिकांश खेलाडी सौरभ गांगुलीकै पालाका खेलाडी लिएका थिए । जव आक्रामक खेलको शुरुवात भएको थियो, त्यसलाई धोनीले राम्रोसँग उपयोग गरेका थिए । यसलाई यसरी पनि बुझ्न सकिन्छ, गांगुलीले टिमको आधार तयार पारेका थिए भने धोनीले यसमा राम्रो नेतृत्व दिन सफलरहे ।

विराट कोहली

गांगुली र धोनीको विरासतलाई विराट कोहलीले राम्रोसँग अघि बढाएका छन् । अहिले भारतीय क्रिकेट टिम इतिहासकै उत्कृष्ट टिमका रुपमा पनि रहेको छ । विराट कोहलीको सवैभन्दा महत्वपूर्ण पाटो भनेको उनी आफै आक्रमक क्रिकेट खेल्छन् ।

तर, कोहलीले अहिलेसम्म आईसीसीको कुनै पनि ट्रफी भने जित्न सकेका छैनन् । आईसीसीको प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने भारतले नकआउट गेममा भने राम्रो गर्न सकेको छैन । भारतले उनकै कप्तानीमा टेस्ट सिरिज जितेर इतिहास पनि बनाएको छ । कोहलीले अहिलेसम्म २०० क्रिकेट म्याचमा कप्तानी गरिसकेका छन् । जसमा १२८ म्याच जितेका छन् भने ५५ म्याचमा पराजित भएका छन् । १० म्याच ड्र भएका छन् भने टाई म्याचको संख्या तीन रहेको छ । उनको जित प्रतिशत भनेको ६४ रहेको छ ।

त्यसो भए को त उत्कृष्ट ?

प्रतिशतमा विराट कोहली गांगुली र धोनीभन्दा अगाडि छन् । उनले अझै केही समय भारतीय टिमबाट खेल्ने पक्का नै छ । तर उनले अहिलेसम्म आईसीसीको उपाधि भने उचाल्न पाएका छैनन् । यस्तोमा उनलाई अर्को महिना न्यूजिल्याण्डसँड वल्ट टेस्ट च्याम्पियनसिपको फाइनल जित्ने अवसर पनि रहेको छ । धोनीको कप्तानीमा भारतले विश्वस्तरमा एउटा अलग पहिचान बनायो भने गांगुलीले टिमलाई जित्न सिकाएका कप्तानको रुपमा लिइन्छ । एजेन्सीको सहयोगमा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey