सन्दिपको ‘टी-२० ब्लास्ट’ र ‘द हन्ड्रेड’ को यात्रा अन्योलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०७
  • |
  • 1332 पटक हेरिएको

नेपालमा कोरोनाको संक्रमण दर उच्च भएपछि अन्तराष्ट्रिय उडानहरु बन्द भएका छन । यसले धेरै नेपाल आउने र बाहिर जान नागरिकलाई कठिनाई भएको छ । यस्तैमा नेपाली खेलाडी सन्दिप लामिछानेलाई पनि बेलायतमा हुने द हन्ड्रेड र टी २० ब्लास्ट खेल्न जाने बाटो कठिन भएको छ ।

कोभिडका कारण नेपालमा संक्रमण र मृत्यु दरपनि बढेकाले बेलायत सरकारले नेपाललाई रेड लिष्टमा राखेको छ । यो लिष्टबाट बेलायत सरकारले नेपाललाई कहिले हटाउछ त्यो पनि एकिन छैन । तर यसको कठिनाई स्टार क्रिकेटर सन्दिप लामिछानेलाई परेको छ ।

टी २० ब्लास्ट र द हन्ड्रेडका लागि जाने तरखरमा रहेका बेला उडान बन्द हुँदा पर्ख र हेरको अवस्थामा बसिरहेका छन । टी २० ब्लास्टमा सन्दिप वष्र्टसर क्रिकेट क्लवमा अनुबन्ध भएका छन । यस्तै द हन्ड्रेडमा सन्दिप इन्भिन्सिबलमा अनुबन्ध भएका छन ।

तर अहिलेको कठिन अवस्थामा सन्दिप बेलायतमा यी दुई क्रिकेट प्रतियोगिता खेल्न जान पाउने नपाउने एकिन भइसकेको छैन । टी २० ब्लास्ट जुन नौबाट सुरु भएर १८ सेप्टेम्बरमा सकिनेछ । सन्दिप आबद्ध टिम वस्र्टसरले जुन नौ तारिखमा नै नोटिङहामसायरसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै जुलाई २१ बाट पहिलो संस्करणको द हन्ड्रेड सुरु हुनेछ । दुबै क्रिकेट प्रतियोगिता कोभिडका कारण अघिल्लो बर्ष स्थगित भएका थिए । द हन्ड्रेडमा ओभलले सन्दिपलाई रिटेन गरेको थियो ।

यता सन्दिपको बेलायतको बेलायतको भिषा प्रक्रियामा रहेको छ । उनी यी प्रतियोगिताका लागि कहिले जाने भन्ने अझै एकिन नभएको उनका ब्यवस्थापक रमन सिवाकोटीले बताए । अहिलेको अवस्थामा फ्लाइटपनि बन्द भएको र बेलायत सरकारले नेपाललाई रेड लिष्टमा राखेकाले पनि अन्योल भएको बताए । उनले प्रयास जारी रहेको र अहिले एकिन भन्न सक्ने अवस्था नभएको बताए ।

सिवाकोटीले अहिलेको अवस्थामा पर्ख र हेरको अवस्थामा रहेको बताए । सन्दिप टी २० ब्लास्टका लागि मे को अन्तिम साता बेलायत पुगिसक्नुपर्ने थियो । त्यहाँ गएर १० दिनको अनिवार्य क्वारेन्टि र चरणबद्ध परिक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएमा टिमसँग जोडिन पाउने थिए । तर अवस्था कठिन भएपछि उनले टी २० ब्लास्टका केहि खेल गुमाउने भएका छन ।

उनले कति खेल गुमाउने भन्ने टुंगोपनि उनको बेलायत जाने प्रक्रिया पुरा भएपछि मात्र थाहा हुनेछ । कोभिडका कारण हाल नेपालमा लकडाउन चलिरहेको छ । विभिन्न देशले आफ्ना नागरिकलाई फ्लाइट चार्टड गरेर लगिरहेको छ । तर सन्दिपलाई चार्टड फ्लाइटमा जानपनि केहि समस्या देखिएको छ । किनकी बेलायत सरकारले रेड लिष्टमा राख्दा त्योपनि कठिन देखिएको हो ।

विश्वका प्रायः सबै फ्रेन्चाइजी लिग खेलेका सन्दिपले अन्तिम पटक बिग ब्यास लिग खेलेका थिए । उनी आइपीएलको यो सिजनको अक्सनमा विक्रि भएका थिएनन् । नेपालका लागि टी २० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी रहेका सन्दिप घरेलु मैदानमा भएको त्रिकोणात्मक टी २० सिरिजमा राम्रो प्रदर्शन गरेका थिए ।

यस्तैमा जुलाईमा आइसीसी विश्वकप क्रिकेट लिग हुने अहिलेसम्मको तालिका छ । सो प्रतियोगिताका लागि सन्दिप बेलायतमा भएको खण्डमा उतैबाट राष्ट्रिय टिममा जोडिने बताइएको छ । यो प्रतियोगिता युरोपमा नै हुने अहिलेसम्मको तालिका छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey