७० प्रतिशत जापानीहरु विपक्षमा, के फेरि ओलम्पिक रद्द होला त ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 649 पटक हेरिएको

टोकियो ओलम्पिक आउन ६७ दिन बाँकी रहेको छ ।

गत वर्ष नै आयोजना हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण यो वर्षका लागि सारिएको थियो । तर, अहिले कोरोनाको महामारी फेरि बढ्दो अवस्थामा रहेकाले प्रतियोगिता माथि कालो बादल भने मडारिएको छ । साथै जापानका जनता पनि ओलम्पिक गेम्सको विपक्षमा रहेका छन् ।

त्यहाँका ७० प्रतिशत मानिसहरु यो गेम्सको विपक्षमा रहे पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले भने समयमै ओलम्पिक प्रतियोगिता आयोजना हुने अडान लिइरहेको छ । गत साता मात्रै जापानका प्रधानमन्त्री योशिहिदो सुगाले आईओसीको निर्णय अनुसार अघि बढ्ने बताएका थिए ।

ओलम्पिक रद्द गर्ने अधिकार आईओसीसँग
आईओसी र ओलम्पिक आयोजक शहर टोकियोबीच सम्झौता भइसकेको छ । यो सम्झौता अनुसार आईओसीले मात्रै ओलम्पिक रद्द गर्न सक्छ न की आयोजक शहरले ।

अन्तर्राष्ट्रिय खेलकुदका कानुनविद एलक्जेन्ड्रे मिगुएल मिस्त्रेले ओलम्पिक आइओसीको एक्सक्लूसिभ प्रोपर्टी भएको बताएका छन् ।

उनका अनुसार आईओसीले मात्रै ओलम्पिकको सम्झौता टोकियोसँग रद्द गरेर प्रतियोगिता स्थगित गर्न सक्छ । आईओसीले प्रतियोगिताका कारण खेलाडीलाई कुनै खतरा भयो भने यो कदम चाल्ने अनुमान गरिएको छ । आईओसीले महामारीलाई कुन स्तरमा राख्छ त्यो पनि निर्णायक हुने छ ।

प्रतियोगिता रद्द हुँदा ठूलो रकम घाटा
युनिभर्सिटी अफ मेलबर्नका प्रोफेसर ज्याक एन्डरसनका अनुसार यदि जापानले एकतर्फी रुपमा आईओसीसँगको सम्झौता तोडेमा उसैलाई बढी घाटा हुने छ ।

जापान र आईओसीको ब्रोडकास्टिङ स्पोनसरसीपका लागि खर्च भएको अर्बौ रकम घाटामा पर्ने छ । आईओसी, स्थानीय आयोजक समिति र ब्रोडकास्टर तथा स्पोनरसरसिपको बीमा भने गरिएको छ । बीमाले आयोजकको प्रमुख खर्च त व्यहोरे पनि अरु अप्रत्यक्षरुपमा भएका खर्चको ठूलो हिसाब कतै हुने छैन ।

जसले गर्दा यसको भागेदार जापान नै हुने छ । प्रतियोगिताका लागि होटेल, रेष्टुरेन्ट लगायतका खर्चहरुका साथै पर्यटककलाई आकर्षित पार्नका लागि रिनोवेशनमा गरिएको खर्च पनि धेरै छ । यसैगरी जापानको हस्पिटालिटी र पर्यटन क्षेत्रमा ठूलो नोक्सानी हुने छ ।

टोक्यो ओलिंपिक के विरोध में प्रदर्शन भी हो रहे हैं। - Dainik Bhaskar

जापानको शाख जोडिएको विषय

ओलम्पिक जापानको साखसँग जोडिएको विषय पनि हो । यदि अहिले आएर फेरि ओलम्पिक रद्द भएमा यसले जापानको साख पनि गिर्ने विश्लेषण गरिएको छ ।

अर्को वर्ष विन्टर ओलम्पिक पनि आयोजना हुँदै छ । यो गेम्स जापानको क्षेत्रीय प्रतिद्वन्द्वी चीनमा आयोजना हुँदैछ । एन्डरसनका अनुसार पछिल्लो पटक जापानले १९६४ मा ओलम्पिक आयोजना गरेको जापानले त्यतिबेला दोस्रो विश्वयुद्धबाट क्षति भए पनि पुनः निर्माण गरेर आफ्नो शक्ति प्रदर्शन गरेको थियो ।

जापान लामोसमयदेखि आर्थिक मन्दीबाट गुज्रिएको देश पनि भएकाले ओलम्पिकलाई पुनरुत्थान गर्ने बाटोबाट पनि हेरिएको छ । त्यसैले धेरै प्रवेक्षकहरुले विभद कारणले जापानको अस्तित्वसँग पनि जोडिएको टोकियो ओलम्पिक गेम्स कुनै पनि हालतले हुने तर आकार र संख्यामा कटौती हुनेमा विश्वस्त देखिन्छन् । –एजेन्सीको सहयोगमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey