एनएसएलको दोस्रो संस्करणमा टिमको संख्या १० देखि १२ पुर्‍याउने याेजना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०२
  • |
  • 848 पटक हेरिएको

कोरोनाको महामारीका विच पनि सफल रुपमा सम्पन्न भएको नेपाल सुपर लिगको पहिलो संस्करणबाट आयोजकहरु निकै हर्षित भएका छन ।

दर्शकरहितको प्रतियोगिता आयोजना गर्दा केहि खल्लो महसुस भएपछि सोसियल मिडिया र अन्य क्षेत्रबाट जुन प्रकारको प्रतिक्रिया आयोजकले पाए, त्यसले उनीहरुलाई निकै हौसला मिलेको छ । यस्तैमा यो संस्करणमा भएका कमिकमजोरीलाई अर्को संस्करणमा शुन्य गरेर मनोरञ्जनसहितको होम एण्ड अवे प्रतियोगिता गर्ने योजनामा छन । यस्तैमा अर्को सिजनको एनएसएल गर्दा टिमको संख्या पनि बढाउने तयारी आयोजकको छ ।

नेपाल सुपर लिगका डाइरेक्टर श्रयांस कार्कीले यो सिजनमा जुन प्रकारको प्रतिक्रिया हामीले पायौं त्यसले अर्को सिजनमा टिमको संख्या बढाउने योजना रहेको र त्यसमा कम्तिमा १० टिमसम्म पुर्याउने भन्ने चाहना रहेको बताए । यदि सबै अवस्था राम्रो भएको खण्डमा १२ टिमसम्म पनि जानसक्ने संभावना रहेको बताए ।

पहिलो संस्करणको एनएसएलबाट हौसिएका आयोजकहरुले फुटबलको विकाशमा ठूलो योगदान पुर्याउने लक्ष्य रहेको र अहिलेको प्रतियोगिता सकिएपछि आफुहरुलाई टिम दिनका लागि धेरै नै फोनहरु आउने गरेको कार्कीले बताए । त्यसैले पनि अर्को सिजनमा एनएसएलमा टिमका संख्या बढाउने भन्ने योजना रहेको बताए ।

साथै उनले यो पटक दर्शकविना नै प्रतियोगिता गर्दा आर्थिक रुपमा केहि नोक्सानी भएको तर त्यसलाई अर्को सिजनमा अझ राम्रो गरेर पुरा गर्ने बताए । फुटबलमा दर्शक नहुँदा आफुहरुले बनाएको योजना अन्तिम समयमा बदल्नु परेकाले पनि केहि नोक्सानी भएको बताए ।

तर यसले आफुहरुलाई कुनै असर नगरेको अर्को सिजन झन भब्य रुपमा गर्ने तयारी चाँडै गर्ने उनले बताए । पहिलो संस्करणको एनएसएलमा सात टिमको सहभागिता रहेको थियो । सिमित समयका कारणपनि यसपटक टिमले तयारीको पर्याप्त समय पाएका थिएनन् । त्यसैमा पनि कोभिडका कारण आयोजकले अन्तिम समयमा धेरै कुराको ब्यवस्थापन गर्नुपरेको थियो ।

अब एन्फाले अर्को सिजनमा क्यालेन्डर ब्यवस्थापन गरेर उपयुक्त समय मिलाएको खण्डमा यसलाई बृहत रुपमा लिने योजना रहेको डाइरेक्टर कार्कीको भनाई छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey