इराकसँगको मैत्रीपूर्ण खेलका साथै विश्वकप छनाेट नै अन्योलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२९
  • |
  • 594 पटक हेरिएको

कोरोनाका कारण नेपाल सरकारले अन्तराष्ट्रिय उडान बन्द गर्ने मिती बढाएपछि नेपाली राष्ट्रिय फुुटबल टिमले खेल्ने भनेको इराकसँगको मैत्रीपुर्ण खेल अन्योलमा परेको छ । इराकमा मे २९ तारिखमा हुने भनिएको सो खेलका लागि नेपाली फुुटबल टिमका केहि खेलाडी समावेश गरेर प्रशिक्षण सुरु गरिसकिएको छ । तर नेपालबाट अन्तराष्ट्रिय उडान बन्द हुँदा यो खेल के हुने भन्ने एकिन हुन सकेको छैन ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले सरकारले नै हवाई उडान बन्द गरेकाले इराकसँगको खेल के हुन्छ भन्ने अझै एकिन नभएको र यसका लागि पत्राचार गरिरहेको बताए । नेपाली फुटबल टिम इराक गएर क्वारेन्टिनमा पनि बस्नुपर्ने र नेपालबाट जान नै समस्या भइरहेको अवस्थामा खेलको टुंगो एक दुुई दिनमा लाग्ने बताए ।

साथै उनले यदि प्लेन चार्टड गरेर जाने ब्यवस्था भएको खण्डमा भने अवस्था फरक हुने बताए । नेपालले इराकपछि फिफा विश्वकप छनौट कुवेतमा खेल्ने तालिका छ । अब यो प्रतियोगितापनि के हुन्छ भन्ने अन्योल बढेको छ । यसका लागि अर्को बुधबार एएफसीसँग भर्चुअल छलफल हुने एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पाले बताए ।

कोभिडका कारण नेपाली टिमले प्रतियोगिता अगाडी कुवेत पुुगेर क्वारेन्टिन बस्नुपर्ने अवस्था छ, यसका लागि खर्चको ब्यवस्थापन हवाई यातायातको ब्यवस्थापनपनि गर्न कठिन भइरहेको छ । नेपाली टिमलाई यसअघि कतार एयरवेजले इराक र कुवेत लाने प्रबन्ध मिलाएको थियो । तर अब अन्तराष्ट्रिय उडान नै बन्द भएपछि त्यो पनि केहि संभव नहुने होकी भन्ने चिन्ता बढेको छ ।

कोभिडका कारण फिफा विश्वकप छनौट यसअघि पनि तीन पटक स्थगित भइसकेको छ । अहिले एएफसीले प्रतियोगिता तथष्ट मैदानमा गर्ने भनेर कुवेतलाई छानेको छ ।

तर कुवेतले आफ्नो देश प्रवेश गर्नका लागि भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश बाहेकका अरु देशमा १४ दिनको क्वारेन्टिन बसेरमात्र आउन पाउने नियम बनाएको छ । यसका लागि एन्फाले सबै खर्च आफैले ब्यहोर्नुपर्नेछ । यता अष्ट्रेलिया टिमले पनि कुवेत आउनका लागि कठिन रहेको बताइसकेको छ । त्यहाँको सरकारले कोभिडका कारण बोर्डर बन्द गर्नुका साथै केहि देशका नागरिकलाई प्रवेशमा रोक नै लगाएको छ । यतिमात्र होइन आफ्नो देश आउने नागरिकले अनिवार्य १० दिनको क्वारेन्टिनको समय बस्नुपर्ने नियम बनाएको छ ।

अब एन्फाले एएफसीले कस्तो राय दिन्छ भन्ने चासो रहेको छ । इराकसँगको खेलका लागि समयपनि करिव तीन साता भन्दापनि कम समय बाँकी छ ।

अहिलेको अवस्थामा इराकसँगको खेलमात्र होइन, विश्वकप छनौटपनि हुने संभावना कम रहेको स्रोतले बताए । उनले जुन नियम कुवेतले बनाएको छ, त्यसले नेपाललाई जानका लागि कठिन रहेको र एएफसीले फेरीपनि छनौट खेल सेप्टेम्बरतिर सार्नसक्ने संभावना रहेको बताए ।
फिफा विश्वकप छनौटमा नेपालले पाँच खेल खेल्दा एक जित निकालेको छ भने बाँकी चार खेल हारेको छ । नेपालले छनौट चरणमा चाइनीज ताईपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey