मेसौकेको ह्याट्रिकमा बिराटनगरविरुद्ध उत्कृष्ट जित निकाल्दै काठमाडौं एनएसएलको प्लेअफमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 299 पटक हेरिएको

काठमाडौं रेजर्स नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ । लिगको पाँचौ चरणको खेलमा विराटनगर सिटी एफसीलाई पाँच चार गोल अन्तरले हराउँदै काठमाडौंले एक खेल अगाडी नै काठमाडौंले अन्तिम चारको स्थान सुरक्षित गर्यो । काठमाडौंको जितमा विदेशी खेलाडी मेसौकेले ह्याट्रिक गरे । उनी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन ।

दशरथ रंगशालामा विराटनगरले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन । खेलको सुरुवात देखि नै आक्रामक दखिएको विराटनगरले छैटौं मिनेटमा नै अग्रता बनायो । उसका लागि रञ्जित धिमालको लामो क्रसमा विदेशी खेलाडी एडीलाजाले उत्कृष्ट गोल गरे ।

त्यसपछि १६ औं मिनेटमा फेरी एडीलाजाले पाएको मौकालाई भने सदुपयोग गर्न सकेनन् । २५ औं मिनेटमा सुनील बलको सशक्त प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए ।

खेलको ३४ औं मिनेटमा विराटनगरले खेलमा दुई शुन्यको अग्रता बनायो । यसपटक काठमाडौंका डिफेन्सलाई अगाडी बढेको मौकाको फाइदा उठाउँदै पेड्रो मान्जीले वन भर्सेस वनको अवस्थामा उत्कृष्ट फिनिस गरे ।

तर त्यसपछि पाँच मिनेटमा काठमाडौंले खेलमा तीन गोल गर्यो । खेलको ३५ औं मिनेटमा काठमाडौं अन्तर दुई एकमा पुर्यायो । उसका लागि मेसौकेले गोल गर्न सफल भए ।

त्यसको अर्को मिनेटमा फेरी मेसौकेले गोल गर्न सफल भए । उनले गोलकिपर पोजिसनमा नभएको खण्डमा उत्कृष्ट फिनिस गर्न सफल भए ।
खेलको ४१ औं मिनेटमा काठमाडौंले खेल तीन दुईको अवस्थामा पुर्यायो । यसपटक काठमाडौंका लागि स्टेफेन विनोङले उत्कृष्ट गोल गरे । उनले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको विराटनगरका खेलाडीले भेउ पाउन सकेनन् ।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा मेसौकेको क्रसमा सञ्जोक राईले हेडको प्रयास गर्दा भेट्टाउन सकेनन् ।

पहिलो हाफमा तीन दुईको अग्रता बनाएको काठमाडौंले ६७ औं मिनेटमा चौथो गोल गरे । उसका लागि मेसौकेले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमको अग्रता चार दुईको अवस्थामा पुर्याए ।

त्यसपछि ७१ औं मिनेटमा विराटनगरका पेड्रो मान्जीले डिबक्समा पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसका कारण उनले उत्कृष्ट मौका खेर फाले ।

७३ औं मिनेटमा काठमाडौंले अर्को उत्कृष्ट मौका गुमायो । उसका मेसौकेको प्रयार क्रसबारमा लागेर फर्किएको थियो । ७९ औं मिनेटमा विराटनगरका रजिन धिमालले गोल गर्दै अन्तर चार तीनमा पुर्याए । उनले करिव ४० यार्डबाट गरेको उत्कृष्ट प्रहारलाई काठमाडौंका गोलकिपर विकेश कुथुले रोक्न सकेनन् ।

८२ औं मिनेटमा काठमाडौंले पाँचौ गोल गर्न सफल भयो । उसका लागि छिरीङ गुरुङले उत्कृष्ट गोल गर्न सफल भए । खेलको ८६ औं मिनेटमा स्टेफेन विनोङको सशक्त प्रहारलाई बिराटनगरका गोलकिपर किशोर गिरीले उत्कृष्ट बचाउ गरे ।

८९ औं मिनेटमा पेड्रो मान्जीले अर्को राम्रो मौकालाई खेर फाले । उनले डिबक्समा पाएको बललाई प्रहार गर्न ढिलो गर्दा काठमाडौंका डिफेन्डरले क्लियर गरे ।

खेलको इन्जुरी समयमा पेड्रो मान्जीले ब्यक्तिगत दोस्रो गोल गर्दा बिराटनगरले खेल पाँच चारको अवस्थामा पुर्यायो । तर त्याे गाेल उसकालागि खेलमा फर्कन निकै ढिलाे भयाे ।

यो जितपछि काठमाडौंले पाँच खेलमा १० अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । अब प्लेअफमा पुग्नका लागि विराटनगरलाई अन्तिम खेल जित्नेपर्ने दबाव बढेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey