माइक हस्सीलाई कोरोना पोजेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 510 पटक हेरिएको

खेलाडी तथा स्टाफमा कोरोना देखिएपछि आइपीएल नै स्थगित हुँदा चेन्नेई सुपर किंग्सका ब्याटिङ प्रशिक्षक माइक हस्सीलाई कोरोना पोजेटिभ देखिएको छ ।

चेन्नेईका तीन जना पदाधिकारीमा कोरोना देखिएपछि पुरै टिम आइसोलेसनमा बसेको थियो । सोहि क्रममा सबैको परिक्षण हुँदा हस्सीको रिपोर्ट पोजेटिभ आएको छ ।

उनी १० दिनको आइसोलेसनमा बसेका छन । यसका साथै उनी भारतीमा नै १० दिन बस्ने भएका छन । आइपीएल स्थगित भएपछि अष्ट्रेलियन खेलाडी र प्रशिक्षकले माल्दिभ्स जाने तयारी गरेका थिए । तर अब हस्सी भने जान नपाउने भएका छन ।

चेन्नेईमा यसअघि बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजीसहित प्रमुख कार्यकारी कासी विश्वनाथ र बसका सहयोगीलाई कोरोना देखिएको थियो । त्यसपछि सबैको दुई पटक परिक्षण गर्दा हस्सीको पोजेटिभ आएको हो ।

आइपीएलमा चेन्नेई टिममा कोरोना पोजेटिभ देखिने हस्सी पहिलो विदेशी बनेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey