अष्ट्रेलियन पूर्व क्रिकेटर अपहरण गर्ने ४ जना पुलिस हिरासतमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 310 पटक हेरिएको

अष्ट्रेलियाका पूर्व क्रिकेटर स्र्टुवार्ट म्याक्गिललाई अपहरण गर्ने चार जना ब्यक्तिलाई पुलिसले पक्राउ गरेको छ ।

अप्रिल १४ मा स्टुवार्टलाई चार जना ब्यक्तिले सिड्नीमा रहेको उनको निवासबाट अपरहरण गरेर सोहि शहरको अर्को स्थानमा लगेका थिए । उनीहरुले ५० बर्षे स्टुवार्टलाई कुटपिट गर्नुका साथै बन्दुक देखाएर मार्ने धम्की दिएका थिए ।

१४ अप्रिलका राती आठ बजेतिर उनी अन्दाजी ४६ बर्षे एक ब्यक्तिसँग घर नजिकैको गल्लिमा ठोकिन पुगेका थिए । तर त्यसपछि अरु दुई जना ब्यक्ति गाडीमा आएर स्टुवार्टलाई अपहरण गरेका थिए ।

त्यसपछि उनलाई केहि टाढा एक स्थानमा लगेर राखिएको थियो । त्यसपछि उनलाई धम्की दिएर एक घण्टापछि छोडिएको थियो । यो घटनाको विषयमा पुलिसमा २० अप्रिलमा रिपोर्ट परेको थियो । सो रिपोर्टको आधारमा पुलिसले अनुसन्धान गरेर चार जनालाई समातेको छ । पुलिसले पक्राउ गरेका चार जनामा २७, २९, ४२ र ४६ बर्ष ब्यक्तिहरु रहेको बताइएको छ ।

अब उनीहरुमाथि कानून अनुसार कारवाही हुनेछ । स्टुवार्टले अष्ट्रेलियाका लागि १९९८ देखि २००८ सम्म क्रिकेट खेलेका थिए । जसमा उनले ४४ टेष्टमा देशको प्रतिनिधित्व गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey