आइपीएलमा बैंग्लोरको दोस्रो हार, पञ्जाव ३४ रनले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 387 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा बैंग्लोर पञ्जाव किंग्ससँग ३४ रनले पराजित भयो । जारी प्रतियोगितामा पञ्जावको यो तेस्रो जित हो ।

अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय पारी खेले । राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित अविजित रहेका ९१ रन बनाए । यस्तै क्रिस गेलले ४६ रन जोड्दा हर्प्रितले अविजित रहदै २५ रन बनाए ।
१९ रनमा पहिलो विकेट गुमाएको पञ्जावले दोस्रो विकेटका लागि उत्कृष्ट ८० रनको साझेदारी गर्न सफल भयो । तर त्यसपछि उसले अरु तीन विकेट भने सस्तैमा गुमायो । उसको स्कोर एक सय १८ रन हुँदा पाँच विकेट झरेको थियो ।
पञ्जावका निकोलस पुरनले खाता खोल्न सकेनन् भने दिपक हुडा पाँच रनमा आउट भए यस्तै शाहरुख खानले पनि खाता खोल्न सकेनन ।

बैंगलोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १-१ विकेट लिए ।

जवाफमा विराट कोहलीको टिम बैंग्लोर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय रनमा रोकियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान कोहलीले ३५ रन बनाउँदा रजत पटिदरले ३१ रनको योगदान गरे ।

उसका देभदत्त पडिक्कल मात्र सात रनमा आउट भए भने ग्लेन म्याक्सवेलले खाता खोल्न सकेनन् । यस्तै एवी डिभिलियर्सले तीन रन मात्र बनाए । उसका सहबाज अहमदपनि आठ रनमा आउट भए भने डानीयल साम्सले तीन रन बनाए ।

अन्तिममा हर्षल पटेलले ३१ रन बनाए भने केली जेमिसनले १६ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

बलिङमा हरप्रित बररले तीन तथा रभी विश्नोइले दुई विकेट लिए । यो हारपछि बैंग्लोरले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । उसको सात खेलमा १० अंक छ । पञ्जावको सात खेलमा ६ अंक भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey