नेपालले मे २९ मा इराकसँग मैत्रीपुर्ण खेल खेल्ने पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 593 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ ।

केहि दिन अगाडी इराक फुटबल संघले सोसियल मिडियामा नेपालसँग मैत्रीपुर्ण खेल खेल्ने बताएपनि एन्फाले कुनै आधिकारीक धारणा राखेको थिएन ।

त्यो बेला एन्फाले पत्राचार भएपनि आधिकारीक हुन बाँकी रहेको बताएको थियो । तर अहिले एन्फाले इराकको बार्सा रंगशालामा मे २९ तारिखमा मैत्रीपुर्ण खेल खेल्ने बताएको छ ।

नेपालले यसअघि इराकसँग तीन पटक खेलेको छ । जसमा तीन पटक इराकले खेल जितेको छ । अन्तिम पटक नेपालले अप्रिल २००१ मा इराकसँग विश्वकप छनौटमा खेल्दा चार दुईले हारेको थियो ।

इराकले लामो समयपछि घरेलु मैदानमा अन्तराष्ट्रिय प्रतियोगितापनि गर्न लागेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey