मुम्बईको तेसो जित, राजस्थान ७ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 714 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले तेस्रोे जित निकालको छ । विहिबार साँझ भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई सात विकेटले हरायो ।

दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनायो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो ।

राजस्थानका लागि जोस बटलरले ४१ रन बनाए भने यशस्वी जैशवालले ३२ तथा कप्तान सञ्जु सामसनले ४२ रन बनाए । यस्तै शिंभम दुबेले ३५ रनको योगदान गरे ।

बलिङमा राहुल चाहरले दुई विकेट लिए ।

जवाफमा मुम्बईले १८ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ‘

बलियो सुरुवात गरेको मुम्बईले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो । त्यसपछि ८३ रन हुँदा दोस्रो विकेट खेर फालेको मुम्बईले एक सय ४६ रनमा तेस्रो विकेट गुमायो ।

मुम्बईकालागि रोहित शर्माले १४ रन बनाए भने शुर्यकुमार यादवले १६ रनको योगदान गरे । यस्तै कुर्नाल पाण्ड्याले ३९ रन बनाउँदा क्विन्टन डी ककले विस्फोटक ७० रनको योगदान गरे । यस्तै कायरन पोलार्डले १६ रन जोडे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey