काठमाडौंमाथि धनगढीको पहिलो हाफमै ३ गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१४
  • |
  • 596 पटक हेरिएको

नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले काठमाडौं रेजर्सबिरुद्द पहिलो हाफमा ३-० को अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलमा धनगढीका लागि टंक बस्नेतले १ र ओलावालेले अफिजले २ गोल गरे ।

१९औं मिनेटमा धनगढीका वींगर टंक बस्नेतले मैदानको दायाँ साइडबाट गरेको क्रस पालेका लागेर गोल भएको काठमाडौंका गोलरक्षक विकेश कुथुले पत्तै पाएनन् ।

२२ औं मिनेटमा बिदेशी स्ट्राइकर ओलावाले अफिजले गोल गरे । उनले मैदानको बीच भागदेखि बल अगाडि बढाउँदै काउन्टर एट्याकमा गोल गरेका हुन् ।

पहिलो हाफको इन्जूरी समयमा दर्शन गुरुङको क्रसमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ३-० को अग्रता दिलाए ।

पहिलो खेलमा धनगढीले विराटनगर सिटी एफसीसँग ३-० को पराजय बेहोरेको थियो ‌ । काठमाडौंले ललितपुरलाई १-० ले हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey