काठमाडाै‌मा लकडाउन भएपनि नेपाल सुपर लिग जारी हुन्छ !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 517 पटक हेरिएको

नेपालमा कोरोनाको संक्रमणदर फेरी बढिरहेका बेला नेपाल सरकारले नै विशेष सावधानी अपनाउन र अनावश्यक काम बाहेक भिडभाड नगर्न निर्देशन दिइसकेको छ । यसका साथै गाउँमा दुई सय र शहरमा पाँच सय भन्दा बढि कुनैपनि ठाँउमा संक्रमण भएको खण्डमा निशेधाज्ञा गर्ने समेत बताएको छ ।

यस्तो अवस्थामा अब दोस्रो लहरका कारण खेलकुद गतिविधी फेरी ठप्प हुने संभावना रहेको छ । यस्तैमा अब प्रश्न नेपाल सुपर लिग के हुन्छ भन्ने पनि उब्जिएको छ । जुन रुपमा कोरोना संक्रमणदर बढिरहेको छ, त्यो हेर्दा सरकारले चाँडै नै लकडाउन गर्ने प्रबल संभावना रहेको छ ।

यदि लकडाउन भएको खण्डमा नेपाल सुपर लिग बन्द हुने नहुने भन्ने विषयमा एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पाले सकभर प्रतियोगितालाई निरन्तर गर्ने बताए । उनले लकडाउन भएमा विशेष सावधानीका साथ टिमका खेलाडीलाई एउटा होटेलमा राखेर रंगशालामा पनि खेलाडी र टिमका स्टाफलाई र अन्य अत्यावश्यक ब्यक्तिलाई मात्र प्रवेश गराएर खेललाई भने जारी राख्न सरकारसँग आग्रहका लागि पहल गर्ने बताए ।

यता सुपर लिग आयोजनाको जिम्मा पाएको नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट कम्पनीका सुदिप शर्माले प्रतियोगिता लकडाउन हुँदापनि कायम हुने बताए । उनले यसका लागि अपनाउनुपर्ने सबै सावधानी अपनाइने र यसका लागि सरकारसँग आग्रहका लागि पनि प्रक्रिया अगाडी बढाइएको बताए ।
यदि लकडाउनका बेलापनि खेल भएको अवस्थामा कसरी हुन्छ त भन्ने विषयमा उनले सहभागि टिमलाई निश्चित होटेलमा राखिने र बायोबबल भित्र राखिने यसका साथै टिममा रहेका अफिसियल बाहेक अरुलाई टिमसँग नजिक हुन नपाउने नियम बनाइने बताए ।

यसका साथै प्रतियोगिताका खेलहरु टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने र त्यसका लागि लाइभमा खटिएका चाहिने ब्यक्तिलाई पनि निश्चित होटेलमा राखिने र बाहिर सम्पर्क गर्न नदिइने बताए ।

साथै उनले रंगशालामा अरु मिडियाकर्मीलाई पनि प्रवेशमा रोक लगाइने बताए । प्रतियोगिता सुरु भएपनि यसलाई यो पटक समाप्त गर्नका लागि सरकारसँग आग्रह गरिराखिएको र यसमा एन्फा र नेपाल स्पोर्टस म्यानेजमेन्टले पनि आग्रहका लागि पत्राचार गरिरहेको बताए ।

काठमाडौंमा पनि कोभिडको प्रभाव निकै बढेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । नेपाल सुपर लिग सुरु हुने मुखैमा सरकारले खेलकुदमा दर्शकको प्रवेशलाई निषेध गरेको थियो । जसका कारण एनएसएल आयोजकले अन्तिम समयमा अनलाईनबाट विक्रि गर्ने भनेको टिकटलाई रद्द गर्नुपरेको थियो ।

खाली रंगशालामा भइरहेको एनएसएलको पहिलो सिजनलाई सम्पन्न गर्नका लागि चुनौती नै चुनौत थपिएका छन । अब लकडाउन नै भइहाल्यो भने प्रतियोगिताको खर्च झन बढ्ने छ ।

यसका साथै आयोजकलाई लकडाउनका बेलापनि प्रतियोगिता गर्न मानसिक दबाव झन बढ्ने देखिएको छ । अब सबै खेलाडी र स्टाफलाई बायोबबलमा राख्नु आफैमा पनि चुनौतीपुर्ण रहेको छ । त्यसमा पनि सबै टिमलाई बायोबबलमा राख्दा टिमको खर्च झन बढ्ने देखिएको छ ।
तर नेपालमा पहिलो पटक सुरु भएको नेपाल सुपर लिगलाई यो पटक सम्पन्न गर्ने लक्ष्यमा एन्फा र आयोजक रहेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey