एनएसएलकाे आईसीटी पार्टनर हुवाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 513 पटक हेरिएको

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको सुचना र सञ्चार प्रविधि (आईसीटी) पार्टनरको रूपमा हुवाई भित्रिएकाे छ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सुपर लिगको आईसीटी पार्टनरकाे रूपमा हुवाईलाई अनुबन्धित गरिएको जानकारी दिएकाे छ ।

बैशाख ११ गतेदेखी दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ फ्रेन्चाइज क्लबहरु सहभागि हुनेछन । प्रतियाेगिताकाे मुख्य प्रायाेजक खुकुरी रम रहेकाे छ भने हस्पिटल पार्टनरमा नर्भिक अस्पताल रहेकाे छ । यस्तै प्रतियाेगितामा निभियाकाे बल खेलाइने भएकाे छ ।

प्रतियाेगितामा विराटनगर एफसी, धनगढी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थण्डर्स, ललितपुर सिटि एफसी र एफसी चितवन सहभागि हुनेछन् । प्रतियोगिताको फाइनल खेल भने जेठ १ गते हुनेछ ।

उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडाैं रेजर्स खेल्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey