‘म दुखी र निराश छु, हामीले सुपर लिगबारे बुझाउन सकेनौँ’–पेरेज

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 601 पटक हेरिएको

नेप्लेज,बुधबार राती सुपर लिगमा आबद्ध भएका १० टिमले आफुहरु यसबाट बाहिरिएको घोषणा गरे ।

युरोपका शिर्ष १२ टिमले आइतबार नयाँ लिगको रुपमा युरोपियन सुपर लिगलाई स्वागत गरेका थिए तर युइएफए र फिफाको कडा चेतावनी र समर्थकहरुको बिरोधले सबै क्लबले समर्थन फिर्ता लिए ।

‘युरोपियन सुपर लिग’ का मुख्य योजनाकारको रुपमा रहेका रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बिहिबार स्पेनिश रेडियोमा सुपर लिगबारे बोलेका छन् । पेरेजले सुपर लिगको कुराले आफु निराश र दुखी रहेको प्रतिक्रिया दिएका थिए ।

‘म थोरै दुखी र निराश छु किनकी सायद हामीले सुपर लिगलाई राम्रोसँग वर्णन गर्न सकेनौँ’ पेरेजले भने ।

‘च्याम्पियन्स लिगको फम्र्याट पुरानो भैसक्यो,यो फम्र्याटले अबको यात्रा गर्न सकिदैन र युरोपका शिर्ष क्लबहरुले सिजनको शुरुदेखि नै प्रतिश्पर्धा गर्ने सोचले हामीले लिगको योजना गरेका थियौँ’ पेरेजले भने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey