नेदरल्याण्ड्सविरूद्ध नेपाल टस जितेर बलिङमा, साहब, कुशल र आसिफको टी-२० मा डेब्यु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 473 पटक हेरिएको

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले अहिले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा टिमका मुख्य खेलाडी पारस खड्का छैनन् । उनी चोटका कारण यो प्रतियोगिताबाट नै बाहिर भएका छन ।

नेपालका लागि आज दुई खेलाडीले अन्तराष्ट्रिय टी २० खेलमा डेब्यु गर्दैछन । जसमा आशिफ शेख र साहब आलमले डेब्यु क्याप जितेका छन । यस्तै कुशल भुर्तेलले पनि पहिलाे पटक अन्तराष्ट्रिय टी-२० मा डेब्यू गरेका छन ।

याे खेलमा कुशल मल्ललाइ बेन्चमा राखिएकाे छ ।

नेपाली टिमका सुरुवाती ११ यस्तो छ ।

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, कुशल भर्तेल, साहब आलम, आशिफ शेख

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey