कोपा डेल रे को फाइनलसँग जोडिएको प्रशिक्षक कोमनको भविष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 287 पटक हेरिएको

कोपा डेल रे को फाइनलमा आजराति बार्सिलोनाले एथ्लेटिक क्लवसँग खेल्दैछ । सेभियाको मैदानमा हुने खेल नेपाली समय अनुसार राती सवा एक बजेबाट सुरु हुनेछ ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्डो कोमनका लागि यो खेल निकै महत्वपुर्ण रहेको छ । प्रिम्याच कन्फ्रेन्समा बोल्दै रोनाल्डाले यदि यो खेल नजितेको खण्डमा आफ्नो जागिर नै जाने विषयको खण्डन गरेका छन ।

उनले पत्रकार सम्मेलनमा बोल्दै यस्तो विषयमा कुनै चिन्ता नभएको र यसको उत्तर दिनपनि आवश्यक नभएको बताए । कोपा डेल रेको उपाधि जितेको खण्डमा रोनाल्डको जागिर केहि जोगिन र हारेमा टिमले उनलाई हटाउन सक्ने प्रश्नमा उनको यो भनाई आएको हो ।

ला लिगाको तेस्रो स्थानमा रहेको बार्सिलोना यो सिजनमा च्याम्पियन्स लिगमा पीएसजी, एल क्लासिकोमा रियालसँग पराजित भइसकेको छ ।

अब कोपाको फाइनलमा पनि हारेमा त्यो अर्को सेटब्याक हुनेछ । त्यसैले पनि कोपाको उपाधि जित्नु बार्सिलोनाका लागि निकै महत्वपुर्ण रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey