क्यानकाे बाेर्ड बैठकः १७ वटा एजेन्डामा छलफल, खेलाडीकाे नयाँ सम्झाैताकाे टुंगाे लाग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 525 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको कार्यसमितीको बैठक आज बस्दैछ । जसमा विभिन्न १७ वटा एजेन्डामा छलफल हुनेछ ।

कार्यसमितीको बैठकमा राखिएका एजेन्डामा क्यानको निती देखि विभिन्न समितीको कार्यक्षेत्र निर्धारण गरेर त्यसलाई पुर्णता दिइने भएको छ ।

बैठकमा बैशाख चार गतेबाट सुरु हुने त्रिदेशीय कप टी २० क्रिकेट प्रतियोगिताका विषयमा पनि छलफल हुनेछ ।

क्यान आएपछि महत्वाकाक्षी योजनाका रुपमा रहेको नेपाल टी २० फ्रेन्चाइजी लिगका विषयमा पनि सो बैठकमा छलफल हुने क्यान पदाधिकारीले बताएका छन । यस्तै नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले प्रस्ताव गरेको टी २० र टी १० क्रिकेट लिगका विषयपनि बैठकको एजेन्डा रहेको छ ।

यस्तै २०२१ मा क्रिकेट खेलाडीको नयाँ सम्झौताका विषयमा पनि सो बैठकमा कुरा हुनेछ । यस्तै फ्रेन्चाइजी लिगका लागि कार्यविधी पनि बनाइने र त्यो विषयमा यो बैठकमा छलफल हुने भनिएको छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey