आधा दर्जन भन्दा बढि खेलाडीलाई राष्ट्रपतिद्वारा सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 552 पटक हेरिएको

नेपाल सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न खेलका खेलाडीलाई विभिन्न पदकबाट विभुषित गरेको छ ।

शुक्रबार राष्ट्रपति भण्डारीले सरकारको सिफासिरमा आधा दर्जन भन्दा बढि खेलाडीलाई विभिन्न मान र पदवीबाट सम्मानी गरेकी छिन ।

सम्मानित हुनेमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्का, महिला फुटबल खेलाडी सावित्रा भण्डारी, क्रिकेटर सोमपाल कामी, युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल, एथ्लेटिक्सका अजित भण्डारी, कराँतेका मण्डेकाजी श्रेण्ड, नेपाल पुलिसका प्रशिक्षक अनन्त तामाङ, एथ्लेटिक्सका अजित भण्डारी छन ।

हरी खड्का र सावित्रा भण्डारीलाई प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित गरियो भने प्रिन्स दाहाल, मण्डेकाजी श्रेष्ठ, महेश महर्जनलाई प्रवल जनसेवा श्री पञ्चमबाट सम्मानित गरियो ।

यो सम्मान अघिल्लो बर्ष नै दिनुपर्नेमा कोभिडका कारण स्थगित भएको थियो । जसका कारण यो बर्ष हस्तान्तरण गरिएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey