याे सिजनमा ४४ अष्ट्रेलियन खेलाडी आइपीएल र इंग्ल्याण्डमा ब्यस्त हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 611 पटक हेरिएको

सन् २०२० र २१ को अष्ट्रेलियाको सिजन सकिने संघारमा रहेको छ । तर अष्ट्रेलियाको केहि नाम चलेका खेलाडी यो विन्टरमा विदेशी भूमीमा आफुलाई ब्यस्त बनाउने भएका छन ।

यो समरमा अधिकांश खेलाडी ब्रेक लिने तयारीमा छन भने ४४ खेलाडी भारतमा हुने इन्डियन प्रिमियर लिग र इंग्ल्याण्डमा क्रिकेट खेल्न ब्यस्त हुनेछन ।

यसमा १६ अष्ट्रेलियन खेलाडी आइपीएल खेल्दैछन । यस्तै कुल २० खेलाडी इंग्ल्याण्डमा पहिलो पटक हुन लागेको द हन्ड्रेनमा देखिनेछन । त्यसमा नौ पुरुष र ११ महिला खेलाडी छन । जुन बेलायतमा जुलाई देखि अगष्टमा हुनेछ । यस्तै १६ अष्ट्रेलियन खेलाडी इंग्ल्याण्डमा काउन्टीमा ब्यस्त हुनेछन ।

यतिमात्र होइन, अरु अष्ट्रेलियन खेलाडीपनि यो बर्षको अन्तिममा पाकिस्तान सुपर लिग, क्यारेवियन सुपर लिगमा ब्यस्त हुनेछन । सेप्टेम्बर भन्दा अगाडी अष्ट्रेलिया टिमको कुनैपनि अन्तराष्ट्रिय तालिका रहेको छैन । भारतले सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमण गर्दैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey