एपीएफकाे लगातार दाेस्राे हार

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 316 पटक हेरिएको

विभागिए टिम एपीएफ क्लवले जारी आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलमा लगातार दोस्रो हार ब्यहोरेको छ ।

आज भएको खेलमा एपीएफ अर्को विभागिए टिम नेपाल पुलिस क्लवसँग पाँच सेटमा पराजित भयो । यो हारपछि एपीएफको लिगको शिर्ष स्थानमा फर्किने योजना अधुरो बनेको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा एपीएफलाई पुलिसले पाँच सेटमा हरायो । पुलिसविरुद्ध एपीएफले सुरुवाती दुई सेटमा प्रछि पर्दा खेलमा फर्कने प्रयास गरेको थियो ।

सुरुवाती तीन खेलमा अपराजित रहेको एपीएफ यसअघि आर्मीसँग पराजित भएको थियो । आजपनि एपीएफले सुरुवाती दुई सेट गुमाएपनि तेस्रो र चौथो सेट जितेको थियो । पुलिसले एपीएफलाई २५–२१, २५–२३, २०–२५, १७–२५ र १५–१३ को सेटमा हरायो ।

यो जितपछि पुलिसको पाँच खेलमा आठ अंक बनाएको छ भने एपीएफको पाँच खेलमा १० अंक भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey