मच्छिन्द्र आहा रारा गाेल्डकपकाे पहिलाे खेलबाट नै बाहिर, अफ्रिकन रूट्स सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 540 पटक हेरिएको

ए डिभिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लव आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरीएको छ ।

पोखरा रंगशालामा भएको खेलमा अफ्रिकी रुट्स एसोसियसनसँग दुई एकले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीयो । अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले एक एक गोल गरे ।

निकै रोमाञ्चक बनेको खेलको २३ औं मिनेटमा मौसाको गोलमा अफ्रिकी रुट्सले अग्रता बनायो ।

एक गोलले पछि परेको अवस्थामा मच्छिन्द्रले निकै मौका पाएको थियो । जसमा उसका स्ट्राइकर बारम्बार चुक्न पुगे ।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको अफ्रिकन रुट्ले ८६ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यो । उसका लागि एनजिमीले गाेल गरे ।

तर इन्जुरी समयमा मच्छिन्द्रले एक गोल फर्काएको थियो । उसका लागि अभिषेक रिजालले गोल गरेका थिए ।

तर त्यो गोल उसलाई हारबाट बचाउन सकेन । खेलको अन्तिममा पनि मच्छिन्द्रले उत्कृष्ट मौका पाउँदा मच्छिन्द्र प्रतियोगिताबाट बाहिरीयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey