त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा, मंगलबारबाट तयारी सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 400 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी २० सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने लक्ष्यका साथ खेलाडीलाई क्याम्पमा बोलाएको हो । बैशाख चार गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका लागि यसअघि क्याम्पमा परेका खेलाडीको बाहुल्यता रहेको छ ।

क्याम्पमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दिप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी छन ।

यहि खेलाडीको सूचीबाट क्यानले अन्तिम नामावली सार्वजनिक गर्नेछ । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टिमलाई विशेष प्रशिक्षणमा राख्ने भएको छ ।

कोरोना भाइरसका कारण विश्व क्रिकेट लिग टु का सिरिजहरु स्थगित भएपछि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर टी २० सिरिज गर्न लागेको हो ।

प्रतियोगितामा एक टिमले दुई खेल खेल्नेछन । जसमा शिर्ष दुई टिमले फाइनल खेल्नेछ ।

क्याम्पमा पीएम कपका बेला चोटग्रस्त रहेका आरिफ शेखले कमब्याक गरेका छन । यस्तै लोकेश बम, विक्रम सोबपनि पनि क्याम्पमा स्थान बनाएका छन । यसपटक शरद भेषवाकरले भने नखेल्ने भएका छन । उनलाई मातृशोक परेकाले यो सिरिजबाट बाहिर रहेका छन ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey