अर्का अष्ट्रेलियन खेलाडीले पनि आइपीएलबाट नाम फिर्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 297 पटक हेरिएको

आसन्न इन्डियन प्रिमियर लिगबाट अर्का अष्ट्रेलियन खेलाडी जोश हेजलवुडले नाम फिर्ता लिएका छन ।

हेजलवुडले ब्यक्तिगत कारणले नाम फिर्ता लिएको बताएका छन । उनले आसन्न टी २० विश्वकपलाई केन्द्रित गरेर आइपीएलबाट नाम फिर्ता लिएको जनाएको छ ।

यसअघि अर्का अष्ट्रेलियन खेलाडी मिचेल मार्स र जोश फिलिपेले पनि नाम फिर्ता लिएका थिए ।

मार्सको स्थानमा हैदरावादले जेसोन रोयलाई अनुबन्ध गरिसकेको छ भने फिलिपेको स्थानमा बैंग्लोरले न्यूजिल्याण्डका फिन एलेनलाई भित्र्याएको छ ।

चेन्नेईमा अनुबन्ध भएका हेजलवुडले अघिल्लो सिजनमा तीन खेल खेलेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey